बेलायती महारानीद्वारा राजदूत रेग्मीलाई बिदाइ

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीललाई बेलायती महारानी एलिजावेथ द्वीतीयाले बिदाइ गरेकी छन् ।  बेलायतका लागि एक्काइसौँ  राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी २४ अक्टुबर आइतबार नेपाल फर्किदैछन् । राजदूत फर्किन दुई दिन बाँकी रहँदा महारानीको प्रतिनिधिका रुपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन शुक्रबार अपरान्ह दूतावास आएर राजदूत रेग्मीलाई बिदाइ गरेका हुन् ।

त्यसअवसरमा उनले महारानीद्वारा  हस्ताक्षर गरीएको उनको तस्विर समेत राजदूत रेग्मीलाई उपहारस्वरूप हस्तान्तरण गरे । ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ बेलायती महारानीका ‘कूटनीतिक सम्बन्धहरु’ मा महारानीको प्रतिनिधित्व एवम् संयोजन गर्ने उच्च शाही अधिकारी हुन् ।

महारानी एलिजावेथ द्वीतीयाले पठाएको बिदाइ सन्देशमा राजदूत रेग्मीले नेपाली राजदूतका हैसियतमा बेलायत आएर छोटो समयमा  निर्वाह गरेका भूमिकाहरुको लागि महारानीले धन्यवाद ज्ञापनका साथियो उच्च प्रशंसा गरेकी छन् । बेलायत तथा  नेपालको ऐतिहासिक मैत्रीसम्बन्ध आगामी दिनहरुमा थप मजबुद बन्दै जाने विश्वास पनि महारानीले व्यक्त गरेकी छन् ।  साथै बाँकी समय पनि देश सेवामा लगाउन उनले बिदाइ शन्देशमा उल्लेख गरेकी छन् ।

राजदूत रेग्मीले पनि महारानीका प्रतिनिधमार्फत् आफ्नो तर्फबाट कृतज्ञता जाहेर गरेका छन् । नेपाली राजदूतका रुपमा बेलायतमा रहंदा महारानी, सरकार र बेलायती जनताबाट प्राप्त सद्भाव र सहयोगका लागि उनले आभार प्रकट गरे ।

कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट प्राप्त स्वास्थ्य सामग्रीलगायतका  सहयोगका लागि  पनि राजदूत रेग्मीले धन्यवाद ज्ञापन गरे । साथै, भूपू गोर्खाहरुको मुद्धामा हुन लागेको दुई देशबीचको वार्ता पनि  सकारात्मक निष्कर्षमा पुग्ने आशा उनले व्यक्त गरेका छन् । यस मुद्धामा सहयोग पुर्याउने बेलायाती रक्षामन्त्रीप्रति पनि  रेग्मीले आभार प्रकट गरे ।

यसअघि कोभिड महामारीका कारण कार्यकालको शुरुमा ओहोदाको प्रमाणपत्र भर्चुअल माध्यमबाटै बुझाएका रेग्मीले बिदाइमा भने महारानीका प्रतिनिधि नेपाली दूतावासमा नौ उपस्थित भएका हुन् । बेलायतमा नेपालको एक्काइसौँ राजदूतको रुपमा गत मार्च १ बाट कार्यभार सम्हालेका  रेग्मी नेपाल सरकारको निर्णयअनुसार यहि आइतबार नेपाल फर्किंदैछन् ।

बेलायतको छोटो बसाइ आफ्नो लागि अमूल्य र अविस्मरणीय रहेको राजदूत रेग्मीले बताउने गरेका छन् । छोटो अवधिमा पनि उनले बेलायातको  नेपाली समुदायमा पनि सकारात्मक छाप छोड्न सफल भएका छन्।

विशेषगरि लामो समयदेखि टुंगोमा पुग्न नसकेको  समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरुको आन्दोलनलाई वार्ताको टेबलमा पुर्याउन रेग्मीले महत्वपूर्ण योगदान गरे । दुवै देशको हित हुने गरी भूपू गोर्खाका आधारभूत मागहरू पेन्सन, क्षतिपूर्ति, कल्याणकारी,स्वास्थ्य लगायतका विषयमा बेलायत सरकार सकारात्मक रहेकोले यसपटक हुन् गइरहेको वार्ता सफल हुनेमा आफू विश्वस्त रहेको पनि रेग्मीले बताएका छन् ।पछिल्ला केहि समयदेखि यहाँ स्थित विभिन्न नेपाली संघसंस्थाले राजदूत रेग्मीको बिदाइ  कार्यक्रको आयोजना हुँदै आएका छन् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित