एनआरएनए उम्मेदवार र मध्यपूर्व प्रतिनिधिबीच अन्तरक्रिया हुँदै

कतार । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग शुक्रवार अन्तरक्रिया (Meet and Greet Delegates) गर्ने भएका छन् । गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षकी प्रत्यासी यसमिन बेगम सैयदका अनुसार केसीले आफ्नो अजेण्डसंग सहमत केही उम्मेदवार सहित आगामी शुक्रवार (१ अक्टोवर) का दिन ती प्रतिनिधिहरुसंग छलफल गर्न लागेका हुन् ।

नेपाली साँझ ६ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरु, राष्ट्रिय समितिका अध्यक्षहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ । कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरु डा हेम राज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी, कोषाध्यक्ष पदका उम्मेदवार लोक प्रसाद दाहाल, सचिव पदकी उम्मेदवार टिक गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ ।

मध्यपूर्वमा संघका ६ वटा राष्ट्रिय समिति सकृय छन् । यसअघि डा. केसीले मंगलवार एशिया क्षेत्रीय प्रतिनिधिहरुसंग छलफल गरेका थिए । करिब ३ सय ५० जना सहभागि कार्यक्रममा बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा संघको नेतृत्वको लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरुले आआफ्नो अजेण्डा प्रस्तुत गरेका थिए ।

यसैबीच अध्यक्षका प्रत्यासी डा. बद्री केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि बिभिन्न देशमा रहेका प्रतिनिधिसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोवर २३ देखी २५ सम्म काठमाण्डौंमा हुदैछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित