अधिकारीको ‘संकलित गद्यरचना’ लाई अरनिको अन्तरराष्ट्रिय पुरस्कार दिइने

ग‌ैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले साहित्यकार हरि अधिकारीद्वारा लिखित ‘ संकलित गद्यरचना’ नामक कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

संघले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायी बसोवास गर्ने अधिकारीद्वारा लिखित कृतिलाई पुरस्कृत गरेको हो ।

निबन्ध, संस्मरण र व्यक्तिचित्र मार्फत समकालीन प्रवासी र नेपाली समाज, राजनीति, साहित्य लगायत समाजका विविध पात्रहरूबारे निजात्मक शैली, सुललित भाषा, सरल शिल्पविधान र निर्भिक प्रस्तुतिसहित गहन वैचारिक विमर्शको आग्रह राखिएकोले हरि अधिकारीको ‘संकलित गध रचना’ नामक कृतिलाई पुरस्कारका निम्ति चयन गरिएको हो ।

वरिष्ठ आख्यानकार डा.ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा.हरिराज भट्टराई, डा.ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ का लागि यस कृतिको चयन गरिएको हो । पुरस्कृत कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली सङ्घको यहि अक्टोबरमा काठमाडौंमा सम्पन्न हुने दशौ महाधिवेशनका अबसरमा पुरस्कार हस्तान्तरण गरिने जानकारी समितीका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित