खुमन अधिकारीको ‘आउदैछु गाउँतिर’ दशैँ गीत सार्वजनिक

लन्डन । हिन्दूहरुको महान पर्व बडादशैं आउन करिब केहि हप्ता मात्र बाँकी रहँदै गर्दा नेपाली कलाकारहरु दशै गीत रेकर्ड थालेका छन् । भर्खरै मात्र गायक खुमन अधिकारीले ‘आउदैछु गाउँतिर’ बोलको दशैं गीत सार्वजनिक गरेका छन् ।

विष्णु न्यौपानेकोको शब्द र गायक खुमन अधिकारीको संगीत संकलन रहेको उक्त गीतमा गायक खुमनलाई सुनिता बुढा क्षेत्री, चिज गुरुङ र दिया नेपालले साथ दिएका छन् । सुनिल परियारको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भिडियोमा अन्जली अधिकारी र अभिशेक खड्काको अभिनय रहेको छ ।

कोरोना महामारीले गर्दा शहर भन्दा ग्रामिण परिवेश नै रमाइलो हुने भएकाले पनि यस गीतमा गाउँतिरकै सेरोफेरोलाई  प्रस्तुत गरिएको छ । जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफमा तयार भएको यस म्यूजिक भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । शिव दर्शन फिल्म्सको युट्युब मार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो दर्शकहरुले निकै रुचाएको र राम्रो प्रतिक्रिया पाएको गायक खुमन अधिकारीले बताए ।

‘आउदैछु गाउँतिर’ भिडियो हेरौं :

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित