आचार्यको चुनावी डबलीमा खलबली, आलोचना भन्दा समस्या समाधानमा जोड दिन सुझाव

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष प्रत्यासी कुल आचार्यले शुरु गरेको भरर्चुअल अन्तरक्रिया (डबली) मा भाड्भैलो भएको छ । बिहीबार र जुम मार्फत आयोजना गरिएको कार्यक्रममा आचार्यले संघको शाख गिर्ने गरि आफुनिकट पत्रकारहरुलाई जोडेर गलत सूचना प्रवाह गरेपछि विवाद आएको हो ।

कार्यक्रममा पुगेका पत्रकार राजकुमार थापाले संघको विवादलाई लिएर परराष्ट्र मन्त्रालय पुग्नु गलत भएको भन्दै सुुझाव दिएपछि आचार्य आक्रोशित हुदै कार्यक्रम टुंग्याएका थिए । यस्तै लण्डनस्थित पत्रकार चिरन शर्माले आचार्यलाई संघमा भएका विवादका सबै पक्षसंग छलफल गरेर अघि बढ्न सुझाव दिए ।

उनले परराष्ट्र मन्त्रालय सत्ताकापछि लागेकाले न्याय दिने कुरामा शंका रहेको बताए । शर्माले दुई चार देशमा रहेको सामान्य विवाद सल्टाउनुको सट्टा गैरआवासीय नेपाली संघको छवि धमिल्याउन सबै तिर विवाद छ भन्दै हिड्नु गलत भएको अभिव्यक्ति दिए पछि आचार्य समूह आक्रोसित भएको हो ।

कार्यक्रममा बोल्दै आचार्यले बेलायतमा भएको निर्वाचन अनिमियताको बारेमा आँट भए केन्द्रमा उजुरी दिन चुनौती दिएका थिए । नेपाली कांग्रेस नेता बिमलेन्द्र निधि निकट लेखक तथा पत्रकार गेजा वाग्लेसहित अन्तरक्रियामा आचार्यको पक्षका केही उम्मेदवारहरुको उपस्थिती थियो ।

कार्यक्रमका बक्ताहरुले संघको नेतृत्वको आलोचना गर्न भन्दा छलफल मार्फत समस्याको समाधान निकाल्न सुझाव दिए । दुई दर्जनको उपस्थिती रहेको कार्यक्रममा पत्रकारहरु थानेश्वर सापकोटा, दधि सापकोटा, डिल्ली अनमाई, कृष्ण केसी, राजकुमार थापा, लगायतले सल्लाह तथा सझुाव दिएका थिए । आचार्यले हरेक दिन साँझ ५ बजे आफु निकट व्यक्तिहरुको भेला गरेर संघको अभियान र नेतृत्वको बारेमा आलोचना गर्दै आएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित