‘डिग्री सम्म पढाम्ला’ को म्यूजिक भिडियोमा पल शाह र समिक्षाको जोडदार अभिनय

लन्डन । गायक जीवन पन्त र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको भर्खरैमात्र सार्वजनिक भएको ‘डिग्री सम्म पढाम्ला’ बोलको गीत निकै लोकप्रिय बनेको छ । जीवन पन्त र गायिका समिक्षा अधिकारीको स्वर रहेको यस गीतका संगीतकार भने दिपक शर्मा हुन् ।
श्यामश्वेत रसाइलीको म्यूजिक एरेन्ज तथा मिक्सिङ रहेको उक्त गीतको म्यूजिक भिडियो निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्। उक्त गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन भने सम्पादन पदम सुवेदीले गरेका हुन्। नायक पल शाह र समिक्षा अधिकारीको जोडि उक्त गीतमा निकै सुन्दर देखिएको छ ।

डिग्री सम्म पढाम्ला, पुदिनाको अचार, शिरमा लाछा डोरी, सिलौटो, बाबियोको डोरि जस्ता गाउँले अर्गानिक ठेट शब्दहरुले गीतलाई थप मिठास बनाएको छ । गायक जीवन पन्त र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको गतवर्षको ‘चाइनेजो’ बोलको गीत पनि निकै लोकप्रिय बन्न सफल भयो । ‘सार्थक डिजिटल’ को युटुब च्यानलमा सार्वजनिक गरिएको यस गीतको म्यूजिक भिडियोलाई सार्थक डिजिटल म्युजिक प्रालि ले बजार व्यवस्थापन गरेको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित