युरोपको समस्या सम्वोधन गर्छु-कृष्ण तिमल्सेना

लन्डन । लन्डनस्थित समाजसेवी तथा उद्यमी कृष्ण तिमल्सिनाले युरोपवासी नेपालीका समस्या सम्वोधन गर्न आफु क्रियाशील रहेको जनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ०२१ – ०२३ कार्यकालका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका तिमल्सिनाले भने, ‘मेरो ध्यान युरोपका नेपालीको सीप, ज्ञान र लगानी नेपाल लैजान पहल गर्नेमात्र होइन्, संस्थाका समय सान्दर्भिक सवाललाई पूर्णता दिन र युरोप बस्ने नेपालीले कतिपय देशमा भोग्नुपरेका रोजगारी, सांस्कृतिक तथा भाषिक समस्या सम्वोधनका लागि पहल गर्न पनि हुनेछ ।

’ ‘म झण्डै दुई दशकदेखि लन्डनमा छु । मलाई बेलायत र युरोपका नेपालीको साझा समस्या र चासो राम्ररी थाहा छ’, उनले भने, ‘युरोपवासी नेपालीका आर्थिक, सामाजिक तथा सांस्कृतिक सरोकार केन्द्रित योजनाको तयारीमा म जुटिरहेको छु ।’ आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् (आइसिसी) को १० औं महाधिवेशन तय भएपछि अहिले विभिन्न पदका आकांक्षी उम्मेदवारी घोषणासंगै मत माग्न व्यस्त देखिन्छन् । हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका तिमल्सिनाले युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक आफैमा महत्वपूर्ण जिम्मेवारी भएकाले आफू दिनरात लागिरहेको बताए ।

‘मबाट धेरै साथीहरुले आशा गर्नुभएको छ, उहांहरुको त्यो आशा निराशामा परिणत हुन दिने छैन्’, नवौं महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित तिमल्सिनाले भने, धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उनी २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्द्धन सम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार (सन् २०१७) रहिसकेका उनी त्यसअघि गैरआवासीय नेपाली संघ यूके उपाध्यक्ष ( सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित