लेगोस , नाइजेरिया । दुर्गम क्षेरका बालबालिकालाई छात्रवृत्ति अफ्रिकाका एनआरएनले स्थापना गरे छात्रवृत्ति कोषको स्थापना गरेका छन् । बैतडीका १० वर्ष,९ वर्ष र ५ वर्षका तीनजना नावालक छोरीहरुको बारेमा ‘भोक लाग्दा माटो खान्छन यी टुहुरा बालिकाहरु’ भन्ने समाचार आयो। रोगी र बिपन्न आमाका ती बालिकाहरुलाई बेल्जियम बाट हाम्रो सेवा समूह बाट हरिकृष्ण लभलीले हाललाई १ वर्षका लागि खाधान्न र अन्य सहयोग जुट्याए । उक्त समाचारलाई नाइजेरियाबाट हिक्मत थापाले आफ्नो फेसबुकमा पोस्ट गरे ।
अफ्रिकाको बोत्स्वानाबाट पदम भन्डारीले उनिहरुको स्कुल फी, स्टेशनरी र पोशाकको खर्च जुटाइदिने इच्छा राखे । स्कुलै नदेखेका ती नानीहरु अब स्कुल भर्ना हुने खवर प्राप्त भएको छ । त्यसो त काठमाडौंमा उनको शिक्षा उपलब्ध गराउने प्रस्ताव पतान्जली योग केन्द्र मार्फत अशोक आलेले पनि थापाको उक्त पोस्ट्मा राखेका छन । तर बैतडीमा सहयोगको समन्वय गरि रहेका पत्रकार वीर गदालका अनुसार आमाले नानीहरूलाई आफै सङ्ग राखेर गाउँकै स्कुलमा पढाउने मनसाय राखेकी छन् ।
त्यसैगरि कर्णाली प्रदेश , पश्चिम रुकुम , मुसीकोटका बिपन्न र टुहुरा तर मेघावी एक छात्रले स्कुल शुल्कको अभावमा उच्च शिक्षा पढन अबसरबाट बन्चित भएको खवर अफ्रिकाको सेसेल्स एनआरएनका तर्फबाट रामप्रसाद पन्तले गरे र पढाइ खर्च जुटाउन केही उक्ति लाग्छकि प्रस्ताव गरे । थापाले उक्त सहयोगको लागि अफ्रिकाका एनआरएनहरुको समुहमा प्रस्ताव राखे । मेघाबी छात्र ललित बिकको त सहयोग जुट्यो नै ।
त्यसमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले छात्रवृत्ति कोष शापनाको प्रस्ताव गरे । जसले दुरदराज नेपालका केही भए पनि बिपन्न र मेघावी बालबालिकाको शैक्षिक यात्रामा सहयोग गर्न सकियोस । यसपछि स्थापना भयो नआरएन अफ्रिका छात्रवृत्ति कोष । रोशन थापाबाट शुरु भएको सहयोगमा पदम भन्डारी ( निवर्तमान अध्यक्ष , बोत्स्वाना ) कृष्ण डुम्रे ( आइभोरी कोस्ट ) , बिरेन्द्र गुप्ता ( अध्यक्ष , नाइजेरिया ) , पुष्पराज भट्टराई ( अध्यक्ष , तान्जानिया ) र हिक्मत थापाले शुरुमा नै सहयोग थपे ।
पहिलो छलफलमै ४ लाख जुटेको यो कोषलाई २० लाख पुर्याउने लक्ष्य राखियो । जसमा अफ्रिकाका नेपालीहरु ,अफ़्रिकिन शुभचिन्तक र अन्य देशका एनआरएन र अफ्रिकाका सबै एनआरएनए एनसीसी मार्फत सहयोग जम्मा गर्दै कोषलाई अघि बढाउने सल्लाह भयो । अब कोषले माथिका दुई छात्रवृत्ति यसै कोष मार्फत पठाउने र थप छात्रवृत्ति दिदै जानेछ । यस अघि अफ्रिकाका एनआरएनहरुको आफनै पहल र सहायतामा संचालनमा रहेको एनआरएन अफ्रिका राहत कोषले अफ्रिकामा दुःखमा पर्ने नेपालीलाई उल्लेख्य सहयोग गरिरहेको छ ।
अलपत्र परेका नेपालीलाई बस्न , खान र घरफिर्तीको व्यवस्था यसले गरिरहेको छ । कोरनाकालमा गत बर्ष कोराना संक्रमणलाई स्वास्थ सेवा , खाधान्न सहयोग, काम छुटेका लाई घर फिर्ताको व्यवस्था पनि यसले गरेको छ । साथै कोरोनाबाट अफ्रिकामा मृत्यु भएका नेपालीको नेपाल स्थित परिवारलाई कम्तिमा अफ्रिकाका नेपालीको माया र राहत स्वरुप १ लाख सहयोग दिदै आएको छ । गत महिना मात्र युगान्डामा हालै मृत्यु भएका तनहुँका हीराबहादुर खडकीको परिवारलाई रु तीनलाख दस हजार सहयोग गरेको थियो ।
यो मृतकका परिवारलाई दिइएको कोषको चौथो सहयोग हो । अफ्रिकाका एनएनआरएन शाखाहरुले कोरोनाको दोश्रो चपेटामा नेपाल परिरहदा इलाम देखि मुगुसम्मका १३ जिल्लाका ३५ स्वास्थ्य सस्थाहरुमा १३०० अक्सिजन सिलिन्डरहरु तत्काल ठाउमै पुर्याएर सहयोग गरेको सहयोग झनै उल्लेख्य थियो ।
एनआरएनए केन्द्र ले खासै यो सहयोगलाई महत्व नदिए पनि एनआरएनएको नाममा अहिलेसम्मको ठाउमै र समयमै पुगेको अत्यावश्यक यो पहिलो सहयोग हो । झन दुर्गम जुम्ला र मुगुमा पुगेको पनि । जसमा थोरै नेपाली भएका र सीमान्तकृत अफ्रिकाका नेपालीहरुले एनआरएनए अफ्रिकाको नाममा ६० लाख सहयोग जुट्याएर दुर्गमका स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर पुर्याएका थिए ।
यो अफ्रिकाका एनआरएनहरुको दोश्रो कोष हो जसले दुर्गमका बिपन्न केही विद्यार्थीहरुको पढने चाहनालाई मुर्त रुप दिनेछ ।






