एनआरएनएमा राजनैतिक हस्तक्षप होइन सहकार्य हुनुपर्छ –डा हेमराज शर्मा

लण्डन ।  गैरआवासीय नेपाली संघमा राजनैतिक हस्तक्षप होइन राजनैतिक सहकार्य जरुरी रहेको  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हेमराज शर्माले बताएका छन् । ‘एनआरएनएका अधिकांश मुद्दाहरु राजनीतिसँग जोडिएको भए पनि एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन’ शर्माले भने । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६२ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा शर्माले उक्त धारणा व्यक्त गरेका हुन्  ।

एनआरएनए  १० औं महाधिवेशनमा उपाध्यक्षका प्रत्यासी समेत रहेका शर्मा सन् २००५ देखि एनआरएनएमा आवद्ध रहँदै आएका छन् । राजनीतिप्रति आफूलाई बितृष्णा फैलिएको र अनुदार नरहेको बताउँदै उनले भने,‘राजनीतिको नाममा साना र तल्लो तहमा हस्तक्षेप गरेकोप्रति मेरो आपत्ति हो।’ उनले अगाडि भने, ‘हामी के सचेत छौं भने राजनीतिबिना यत्रो ठूलो संस्था चल्दैन र हाम्रो जतिपनि मुद्दाहरु छन्, त्यो राजनीतिसँगै जोडिएका छन्। तर पार्टी र राजनीतिको नाममा हुने हस्तक्षेपप्रति मेरो मात्र नभएर एनआरएनएप्रति चिन्ता गर्ने सबैको आपत्ति छ।

‘ एनसिसिको चुनावमा टिकट माग्न काठमाडौं जानुपर्ने र नेताहरुलाई आफ्नो पक्षमा पार्ने साथै निर्वाचनमा प्रत्यक्षरुपमा मन्त्रालय, हेडक्वाटर, सांसदहरुबाट फोन आउनेजस्तो हस्तक्षेपले एनआरएनएलाई कतै नपुर्‍याउने उनको भनाइ छ। मन्दिरको अगाडि जुत्ता छोडेझैं एनआरएनएमा आउँदा राजनीतिको टोपी र जुत्ता बाहिरै छोडेर आउनुपर्ने उनको बुझाइ छ। नेताहरुको बाहिर देख्ने एनआरएनएमा आकर्षण हुन नहुने भन्दै उनले यसबाट नेताहरुलाई केही फाइदा नहुने बताए । ‘ठूलो र प्रोफेसनल मान्छे बाहिर छन्, त्यसैले यसमा आँखा लाउनु उपयुक्त नहोला’ उनले भने ।

पहिला जस्तो नेपालमा घुम्न गएको र धेरैभन्दा धेरै व्यक्तिलाई लिएर भोट हाल्न जाने परम्परालाई नयाँ विधानअनुसार यसपाली अन्त्य गरेको पनि उनले बताए । उनकाअनुसार ६५ प्रतिशत पुरानो एनसीसीआइसीमा कार्य गरेकाहरुलाई छुट्याएको छ । यस्तै, १० प्रतिशत नयाँ कार्यसमिति महिला, युवा एनआरएनएलाई योगदान गर्ने लाई पठाउने व्यवस्था र २५ प्रतिशत महाधिवेशनबाट निर्वाचित भएर आउने व्यवस्था गरिएको छ ।

जसबाट यसपटकको निर्वाचन व्यवस्थित हुने उनले दाबी गरे । गत वर्षको जस्तो निर्वाचनमा भद्रगोल नहोस् भनेर अनलाइन भोटिंङको व्यवस्था गरिएको भन्दै उनले यस्तो गर्दा निर्वाचनमा राजनीति कम हुने बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित