आमरण अनसनमा बसेका भूपू गोर्खामाथि भएको प्रहरी दमनमा एनआरएनएद्वारा कडा निन्दा

लन्डन ।  गोर्खा सत्याग्रह संघर्ष समितिले समानताको माग गर्दै बेलायती प्रधानमन्त्रीको  कार्यालय अगाडि आमरण अनसन बसेका भुपू गोर्खामाथि भएको प्रहरी दमनको गैरआवासीय नेपाली संघले भर्त्सना  गरेको छ । साथै उनीहरुको उक्त आन्दोलनप्रति  गैरआवासीय नेपाली संघले ऐक्यबद्धता जनाएको छ ।

संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधवार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्रीको  कार्यालय अगाडिआमरण अनसनमा बसेका भूपु गोर्खामाथि भएको प्रहरी दमन मानव अधिकारको हनन भएको बताएका  हुन्। केसीले नेपालीहरु दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरत भुपु गोर्खाहरुले सम्राज्य ठूलो पार्न अहम भूमिका रहेको स्मरण गरेका छन् ।

उनले गोर्खाहरुको रगत र बहादुरीले बेलायती सामराज्य संसारभरि फैलिएको बताउदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भुपु गोर्खाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । उनले आन्दोलनरत गोर्खामाथि बेलायती प्रहरीले गरेको दमनको भत्सना गरेका छन् । गोर्खा आन्दोलनको बारेमा उनले संघको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्कषण गराएका छन् ।

गोर्खा सत्याग्रह संघर्ष समितिले समानताको माग गर्दै लण्डनमा गरेको आमरण अनसनमा गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले  पनि ऐक्यबद्धता जनाइसकेको छ  ।एनसीसी यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको एक प्रतिनिधि मण्डल अनसनस्थल पुगी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित