एनआरएनए महासचिवमा गौरी जोशीद्वारा उम्मेद्वारी

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान सचिव गौरीराज जोशीले २०२१- २३ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । अमेरिकाका सफल युवा व्यवसायी तथा सामाजिक अभियन्ता जोशीले ‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सचिव रहंदा उनले गरेका प्रशंसनीय कामले जोशीलाई महासचिव पदमा उम्मेदवारी दिन विश्वभरका नेपालीको दवाव छ । एनआरएन अभियानमा पछिल्लो कर्मले महासचिवको दाबेदारीमा उनलाई बलियो देखाएको गैर आवासीय नेपालीको बुझाइ छ ।

वर्तमान सचिव भएका कारण पनि महासचिवको दावेदारी स्वभाविक रहेको गौरी बताउँछन् । गैर आवासीय नेपाली संघको निर्वाचन आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने तयारी छ ।

एनआरएनए अभियानमा लामो समयदेखि लागेका गौरीलाई यतिबेला साथीभाइले महासचिवका लागि अगाडि बढ्न हौस्याएका छन् । ‘कर्म गरे अवश्य फल पाइन्छ’ भन्ने सोचका साथ अगाडि बढेका गौरीलाई पछिल्लो कार्यकालमा पनि सर्वाधिक भोटका साथ सचिवमा विजयी गराएका थिए ।

को हुन्  गौरी जोशी ?

चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकी डायष्पोरामा अहिले निकै लोकप्रिय छन् ।

लामो संघर्षपछि अमेरिकामा स्थापित भए जोशी । तर उनको प्रारम्भिक यात्राको गोरेटो भने सहज थिएन् । काठमाडौंबाट उच्च शिक्षा गरेर उज्जवल भविष्यको खोजीमा अमेरिका भासिएका जोशीले शुरुमा जागिर, कोठा अनि पढाइका लागि निकै दौडधुप गरे ।

पुरख्यौली जग्गा बेचेर विद्यार्थी भिसामा अमेरिका पुगेका गौरीले डालासबाट आइटीमा मास्टर्स डिग्री गरे । अमेरिका आमनेपालीका लागि सपनाको संसार भएका बेला गौरीले आफ्नो भविष्यको बाटो रोजिसकेका थिए । पढाइ पुरा गर्नासाथ सन् २००० तिर उनले एउटा आइटी कम्पनीमा जागिर पाए । काम र अनुभवसँगै उनले आफ्नै आइटी कम्पनी खोले ।

भस्टीका नाम दिइएको उनको आइटी कम्पनीले बिस्तारै बजार लियो र व्यवसायमा सफलता पाउन थाले । यतिखेर डलासस्थित उनको आइटी कम्पनी अमेरिकाकै उत्कृष्टमध्येको एक मानिन्छ ।

गौरीको प्रगति र उन्नतिका कथाहरु एकपछि अर्को चम्कंदै गए । धनसँगै उनको मित्रवत व्यवहार र सहयोगी भावनाले उनलाई संसारभर छरिएका प्रवासी नेपालीबीच छोटो समयमै घुलमिल गरायो । लाखौं प्रवासी नेपालीको मन मष्तिस्कमा रहन सफल भए उनी ।

गैर आवासीय नेपाली संघ (आइसीसी) केन्द्रीय सचिव जोशीले व्यवसायिक सफलतासँगै एनआरएन अभियानका सारथीका रूपमा आफूलाई अगाडि बढाउँदै लगे । दुई जनाबाट शुरु भएको उनको व्यवसायले हजारौंलाई रोजगार दिएको छ । भास्तिकाका चारदेखि पाँच हजार उत्पादन विश्व बजारमा स्थापित भइसकेका छन् ।

एटीएन्ड टी, सीटी बैंक र अमेरिकन एअरलाइन्सजस्ता प्रसिद्ध व्यवसायिक घरानामासमेत जोडिएको उनको कम्पनीले भारत र नेपालमासमेत सेवा विस्तार गरिसकेको छ । जोशीले यस व्यवसायबाट सफलता हात पाएसँगै रियल स्टेट, ग्याँस स्टेसनलगायतमा हात हालिसकेका छन् । अमेरिकाको टेक्सासलाई आधार बनाएका जोशी व्यवसायसँगै परोपकारी कार्यमा पनि क्रियाशिल छन् ।

डेढ दशक अगाडि नेपाली समाज टेक्सासमार्फत परोपकारी कार्यमा जुटेका गौरीको मुलुकसँग जोडिने अभियानमा महत्वपूर्ण भावहरू अझै छचल्किन्छन्।

‘सबैभन्दा पहिलो कुरा भनेको एक पटकको नेपाली, सधैंको नेपाली भन्ने मुलमन्त्रलाई बोकेर बिदेशमा सिकेको ज्ञान र शिपलाई मुलुकसम्म पुरयाउने अनि विदेशमा स्थापित नयाँ पुस्तालाई मुलुकसँग जोड्ने उनको अभियान अझै जारी छ’, उनले भने, ‘विदेशमा पढेँ, व्यवसाय गरेँ, धन कमाएँ र अहिले अमेरिकामा बसेर ससारभर छरिएर रहेका प्रवासी नेपालीको मन जित्ने अभियानमा लागेको छु ।’

शुरुका दिनमा समाजसेवा गर्दा उनको महत्वपूर्ण अभियान थियो–भाषा पाठशाला । दोस्रो पुस्तामा जबसम्म हामीले नेपाली भाषा हस्तान्तरण गर्न सक्दैनौं, तबसम्म मुलुकसँग जोड्ने अभियान अधुरै हुने उनको विश्वास छ ।

‘विदेशमा हुर्केका र जन्मेका नयाँ पिंढीले नेपाली बुझेनन् र जानेनन् भने उनीहरूले नेपाली कला संस्कृति अनि भेषभुषा पनि जान्दैनन् । त्यसपछि बिस्तारै मुलुकसँग पनि पर हुन्छन् त्यसैले पहिलो कामका रुपमा हामीले नेपाली भाषाको हस्तान्तरण गर्ने काम गर्नुपर्छ’, गौरी आफ्नो अभियानलाई बेली बिस्तार लगाउँछन् ।

सहयोग र परोपकारी अभियानमा सधै अगाडि सर्ने गौरीले टेक्सासको नेपाली सांस्कृतिक केन्द्र होस् या चितवनको हिन्दु विद्यालय अनि चेपाङ बस्ती या सिन्धुका शिक्षालयमा लाखौं सहयोग गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित