एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोषको स्थापना

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघनाइजेरियाको आठौं साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको आइतबार  सम्पन्न प्रथम बैठकले नेपाल र नाइजेरियामा परोपकारी कार्य गर्न एनआरएनए नाइजेरिया कल्याणकारी कोषको स्थापना गर्नुका साथै  आर्थिक संकलनको समेत थालनी गरेको छ ।

बैठकले यो कार्यकालमा ‘एक एनसीसी एक परियोजना’ अन्तर्गत सातौ नेपाल प्रोजेक्ट समेत सम्पन्न गर्न एक समिती गठन गरेको छ । यस अघि संघले कैलाली, खोटाङ, मकवानपुर, सुनसरी, रसुवा र चितवनका स्कुलहरुमा यो परियोजना अन्तर्गत स्कुलका छात्रावास, पुस्ताकालय, प्रयोगशाला र कक्षा कोठाका लागि भवनहरु निर्माण गरिसकेको छ ।

संघले तत्काल मेलम्चीको बाढीपीडितहरुका लागि मानवीय  राहत सहयोग पठाउने समेत निर्णय गरेको छ । त्यस्तै लेगोसस्थित असहाय बालबालिका केन्द्रलाई सहयोग गर्ने र कोभिडले स्थगन भएको नियमित रक्तदान कार्यक्रमलाई पुन: सुचारु गर्ने निर्णय गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा सस्थापक अध्यक्ष एवम् संरक्षक हिक्मत थापा, सल्लाहकार हिमा खडका , आइसीसी सदस्य बिश्वास पौडेल , उपाध्यक्ष अभिषेक मान सिंह र महासचिव सोमेश अर्यालले आ आफ्ना धारणाहरु राखेका थिए  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित