एनआरएनए यूकेको अनलाइन भोटिंगमा खसेका गैर कानूनी भोट बदर गर्न माग

लन्डन । एनआरएनए यूकेमा पहिलोपल्ट शुरु गरिएको अनलाइन भोटिंगमा  झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको  निर्वाचन सम्बन्धि जिम्मा लिएको कम्पनि ‘ च्वाइस भोटिंग’ ले निर्वाचन समितिलाई जानकारी गराएको छ ।

एनआरएनए यूकेअध्यक्षकी प्रत्यासी रोजिनाप्रधान राईले त्यस्ता भोटलाई  मान्यता नदिन बुधबार राती एक पत्रकार सम्मेलन आव्हान गरेकी छन् । सोहि अवसरमा राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको प्रष्ट पारेको बताएकी हुन् ।

प्राप्त जानकारी अनुसार सैयौंको संख्यामा एउटी इमेल ठेगानाबाट भोट खसालिएको छ, जुन कम्पनिसंगको सम्झौता अनुसार पनि मान्य हुनेछैन । च्वाइस भोटिङले ती मतदाताहरुको फोटो परिचयपत्र समेत प्रमाणीकरणका लागि माग गरेको कुरा जानकारीमा आएको बताउंदै फर्जी मतकै आधारमा निर्वाचन परिणाम घोषणा गरिए कानूनी उपचार खोज्ने चेतावनी दिएकी छन् ।

‘म चुनाव जितिनेमा विश्वस्त छु । तर गैर कानूनी मत बदर हुनुपर्छ भन्ने मेरो अडान हो’, उनले भनिन् ।  ‘यसअघि निर्वाचन समितिले दिएको जानकारी र च्वाइस भोटिङको भनाई अनुसार निर्वाचन परिणामको पहिलो ड्राफ्ट (बुधवार) सांझ सम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने थियो ।

तर, निर्वाचनको परिणामलाई उल्टाउने, प्रकृयालाई समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको छ’, उनले आफ्नो विज्ञप्तिमा भनेकी छन् ।

बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासंग जोडिएको यती संवेदनशील विषयमा भएको ढिला सुस्तीले संघको छवीमा समेत प्रत्यक्ष असर पार्ने निश्चित रहेको जनाउंदै अध्यक्ष प्रत्यासी राईले संघको छवी कुनै पनि हालतमा धमिल्याउन दिन नहुनेमा जोड दिएकी छन् ।

पत्रकार सम्मेलनमा रोजिनाको तर्फबाट आइटी विज्ञ इन्जिनियर संयुक्त श्रेष्ठले अनलाइन चुनाव गराएको भेन्डर च्वाइस भोटिङले समेत फर्जी भएको भनेर निर्वाचन समितिसंग सुझाव मागेको अवस्थामा बेलायतका समस्त नेपालीको भावनामा चोट पुग्ने खालको कदम नचाल्न निर्वाचन समितिलाई चेतावनी दिए ।

सोमबार मध्यान्ह शुरु भएर मंगलबार मध्यान्न १२ बजे २४ घन्टाको अवधिमा समापन भएको एनआरएन यूके निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिने यसअघि नै घोषणा गरिएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज  कंडेलले निर्वाचन समितिद्वारा ‘च्वाइस भोटिङ’ कम्पनीसँग गरिएको करार सम्झौता अनुरुप नै प्रक्रिया अघि बढिरहेको र निर्धारित समयमा नै नतिजा प्रकाशित गरिने बताएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित