बेलायतमा शुरु भयो एनआरएन यूकेको अनलाइन भोटिंग

लण्डन । एनआरएन यूकेको नयाँ कार्यसमिति चयन गर्न आज सोमबार मध्यान्ह १२ बजे देखि  अनलाइनको माध्यमबाट मतदान शुरु भएको छ । निर्वाचन भोलि मंगलबार मध्यान्ह १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। प्रविधिको माध्यमबाट सहज हुने अनुमान धेरैको भएपनि सोचे जस्तो नभएको धेरैको बुझाइ छ ।

व्यक्तिगत इमेलमा पठाइएको लिंकमा क्लिक गरेर मतदान गर्नुपर्ने प्रावधान रहेको र लिंक क्लिक गरेपछि लामो समय प्रतीक्षालयमा पालो पर्खिएपछि मात्र मतदान गर्न पाइने छ । एनआरएन यूके इलेक्सन २०२१ ‘नेशनल’ र एनआरएन यूके इलेक्सन २०२१ ‘इंग्ल्याण्ड’ को लागि छुट्टाछुट्टै मतदान व्यवस्था गरिएकोले इमेलमा पाठाइएका दुईवटा अलग अलग इमेलमा क्लिक गरेर मतदान गर्नुपर्नेछ ।

पहिलोपटक अनलाइन प्रणालीमार्फत मतदान व्यवस्था गरिएकाले आम मतदातामाझ केही असजिलो र झन्झट हुने धेरैले पूर्वानुमान गरेका थिए । पूर्व निर्धारित कार्यतालिका अनुसार ३१ जुलाई शनिबार नै निर्वाचन हुनुपर्ने भएपनि निर्वाचन समितिले प्राविधिक कारण जनाउँदै दुई दिन पर सारेको थियो ।

बेलायतमा बसोबास गर्ने नेपालीमध्ये पन्जीकृत सदस्यता लिएका ११ हजार ३ सय ६५ जना मतदानमा सहभागी हुन योग्य छन् । अध्यक्ष, उपाध्यक्षहरु, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक तथा सदस्य गरी सबै पदमा निर्वाचन हुँदै छ । निर्वाचन परिणाम अगष्ट ५ तारिखसम्ममा आउने बताइएको छ ।

अध्यक्ष र महासचिवमा तीन, तीन जनाको उम्मेदवारी परेको छ भने अन्य पदहरुमा दुई, दुई जनाको उम्मेदवारी परेको छ ।

सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् । अनलाइन भोटिंगको लागि ‘च्वाइस भोटिंग’ कम्पनीलाई जिम्मा दिइएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित