एनआरएनए नाइजेरियाको अध्यक्षमा बिरेन्द्र गुप्ता सर्वसम्मत

लेगोस , नाइजेरिया । गैरआवासिय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समितिको आज लेगोसमा सम्पन्न आठौं बार्षिक साधारणसभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मतिले चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह , सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन भएका छन् ।

त्यसै गरि महासचिवमा सोमेश अर्याल , सचिवमा संजय थापा र टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह , कोषाध्यक्षमा सागर उप्रेती , सहकोषाध्यक्षमा सरोज कुमार , महिला संयोजकमा सविता सेठ , युवा संयोजकमा सुहिम थापा चयन भएका छन् ।

कार्य समितिको सदस्यहरुमा सतिश पाण्डे ( अबुजा ), बिरेन्द्र बहादुर बस्नेत ( कटसिना ) , राजु धिताल ( साङ्गो वटा ) , कृष्ण थापा ( भिआई ) ,सुभाष सिम्खडा ( पोर्टहर्ट कोर्ट ) , राजु भुषाल ( कानो ) ,खुश्बु घिमिरे र रमेस बहादुर सुनाखरी मगर ( लेगोस ) निर्वाचित भए ।

त्यसैगरी आइसीसी सदस्यमा चिरञ्जीवी रोका चुनिएका छन् । समितिको सल्लाहकार समितिमा मन थापा , हिमा खडका , उर्मिला रोका , बिश्वास पौडेल र बिन्दु क्षेत्री रहेका छन् भने समितिको संरक्षकहरुमा हिक्मत थापा , संजीव क्षेत्री र बिदुर घिमिरे चयन भए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित