बोत्स्वाना एनआरएनए अध्यक्षमा शान्ती भण्डारी निर्विरोध

गबोरोने , बोत्स्वाना । दक्षिण अफ्रिकी  भूपेरिवेष्ठित मुलुक बोत्स्वाना एनआरएनएको बार्षिक साधारण सभाले श्रीमती शान्ती भण्डारीलाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको छ । त्यसैगरी तुलसी कामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा चुनिएका छन् ।

सर्वसम्मत चुनिएको कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष , गोपाल बहादुर खडका महासचिव , जितु बिक कोषाध्यक्ष ,इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिएका हुन् ।

त्यसैगरी कार्य समिति सदस्यहरुमा खुश बहादुर , प्रभा बाँसकोटा , खुश्बु  कुमारी बजाज , कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन् । साधारण सभाको अनुगमनकर्ता पूर्व अध्यक्ष डा. बिपी यादव थिएभने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गरेका थिए ।

बीस लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले विकास भइ रहेको अफ्रीकी देश हो । सन १९६० मा प्रतिव्यक्ति  आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रतिव्यक्ति आय बार्षिक १८,८२५ डलर छ । खनिज / खानी , पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित