गबोरोने , बोत्स्वाना । दक्षिण अफ्रिकी भूपेरिवेष्ठित मुलुक बोत्स्वाना एनआरएनएको बार्षिक साधारण सभाले श्रीमती शान्ती भण्डारीलाई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको छ । त्यसैगरी तुलसी कामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा चुनिएका छन् ।
सर्वसम्मत चुनिएको कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष , गोपाल बहादुर खडका महासचिव , जितु बिक कोषाध्यक्ष ,इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिएका हुन् ।
त्यसैगरी कार्य समिति सदस्यहरुमा खुश बहादुर , प्रभा बाँसकोटा , खुश्बु कुमारी बजाज , कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन् । साधारण सभाको अनुगमनकर्ता पूर्व अध्यक्ष डा. बिपी यादव थिएभने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गरेका थिए ।
बीस लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले विकास भइ रहेको अफ्रीकी देश हो । सन १९६० मा प्रतिव्यक्ति आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रतिव्यक्ति आय बार्षिक १८,८२५ डलर छ । खनिज / खानी , पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन ।






