एनआरएनए यूकेको निर्वाचनमा नर्दन आयरल्याण्डको उपाध्यक्षमा नारायण कुँवरको उम्मेद्वारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार हुने निर्वाचनमा नर्दन आयरल्याण्डको उपाध्यक्षमा नारायण कुँवरले उम्मेदवारी दिएका छन् ।

२० वर्ष नर्दन आयरल्याण्ड राज्य परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालेका कुँवर आगामी कार्यकालको लागि एनआरएनए यूकेको उपाध्यक्षको रुपमा चर्चामा छन् ।

नर्दन आयरल्याण्ड राज्य परिषद्लाई एनआरएनएको मूलधारमा ल्याउन प्रयत्नशिल रहेको बताउने कुँवरले सदस्यता वितरणमा सहजीकरण गर्नेदेखि नेपाली साझा घरको अवधारणालाई आफ्नो एजेन्डा समेटेका छन् ।

यस्तै नर्दन आयरल्याण्डमा नेपालीहरुले भोग्दै आएको भाषा सम्बन्धि समस्या समधानको लागि आवश्यक प्रबन्ध मिलाउने, नेपालको पर्यटन प्रवर्धनकोे लागि नर्दन आयरल्याण्डमा विशेष योजना ल्याउने उनका प्रतिबद्धता छन् ।

गैरआवासीय नेपाली संघ यूकेको सहकार्यमा नर्दन आयरल्याण्डमा नेपालीहरुको सहयोगार्थ छुट्टै आपकालिन कोषको स्थापनाका लागि विशेष पहल प्रतिबद्धता समेत कुँवरको छ ।

रेष्टुरेन्ट व्यवसायी समेत रहेका कुवँरले नर्दन आयरल्याण्डमा पहिलो नेपाली रेष्टुरेन्टको सुरुआत गरेका थिए । उनकोे सार्पन ग्रुप अन्तरर्गत तीनवटा रेष्टुरेन्ट संचालनमा छन् । उनले नेपालमा रियल स्टेट लगायतको क्षेत्रमा लगानी गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित