गायक हिमाल सागरको ‘तिमि छौ र’ मा नन्दितासँग रोमान्स

लन्डन । गायक हिमाल सागरले अमेरिका पुगेर आफ्नै  स्वर, शब्द र संगीत रहेको ‘तिमि छौ र’ बोल रहेको एउटा रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ ।

म्यूजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालको जोडदार अभिनय देख्न सकिनेछ । मायालु जोडीबीचको प्रेमिल दृश्यलाई अमेरिकाको विभिन्न भागमा छायांकन गरिएको छ ।

भिडियोमा गायक हिमाल सागरलाई पनि देख्न सकिनेछ । बिक्की पुलामीको निर्देशनमा तयार गरिएको भिडियोको छायांकन शैलेश घलेले गरेका हुन् भने भारत रेग्मीको सम्पादन रहेको छ । ‘पी एण्ड एच’ प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको सकारात्मक प्रतिक्रिया आएको गायक हिमाल सागरले बताए ।

भिडियो हेर्नुहोस:

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित