पत्रकार खनाल ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१’ बाट सम्मानित

लन्डन । एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच वरिष्ठ पत्रकार श्रीभक्त खनाललाई पुरस्कार प्रदान गरेको हो ।

पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका थिए ।

 

 

 

 

खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता, डकुमेन्ट्री निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालका तीन वटा पुस्तक प्रकाशित छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए । उनले पुरस्कारका लागि शाखालाई धन्यवाद ज्ञापन गरे ।

त्यस अवसरमा शाखाका निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारहरुबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरिएको बताए ।

शाखाले बेलायतमा कार्यरत नेपाली मूलका पत्रकारहरुद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी एकल भए ५०२ पाउण्ड दुई जनालाई भए जनही २५१ पाउण्ड र सम्मान पत्र राखिएको छ ।
पुरस्कृत पत्रकार छनौटका लागि डा. कृष्ण अधिकारीको संयोजकत्वमा डा. प्रियंवदा पौड्याल, नरेश खपाङ्गीमगर र डा. जगन कार्की रहेको एक छनौट समिति गठन गरिएको थियो ।

शाखाका अध्यक्ष अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न पुरस्कार वितरण समारोहमा सचिव खेमराज रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिव मञ्जु भण्डारी, सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नामसहित विश्वासदीप तिगेला, कुशल श्रेष्ठ लगायत पत्रकारहरुको पनि सहभागिता थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित