एनआरएनए सेसेल्सको अध्यक्षमा मनोज बिक लगायत सबै पद निर्विरोध

गैर आवासीय नेपाली संघ ( एनआरएनए) सेसेल्सको अध्यक्षमा मनोज बिक निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको साधारण सभाबाट सन् २०२१-२३ का लागि अध्यक्ष मनोज बिक लगाएत सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा हर्क बहादुर रोका, रामचन्द्र राई र महिला उपाध्यक्षमा खेशाना लिम्बु निर्वाचित भएका छन् । यसैगरी महासचिवमा बलराम सिटौला, सचिवमा मेघराज कार्की र राम बगाले, कोषाध्यक्षमा छवी श्रेष्ठ र सहकोषाध्यक्षमा भीम बहादुर भोलान रहेका छन् ।

युवा संयोजकमा रूप थापा, महिला संयोजक गंगा भुजेल, प्रवक्ता ठगेन्द्र घर्तीमगर र सदस्य विश्वनाथ चापागाई र लेखा समितिमा विशाल गुरुङ,कुमार सार्की ,सुशील देउजा, गंगा विश्वकर्मा रहेका छन् ।

यसैगरी आइल्याण्ड संयोजकमा माहे आइल्याण्ड-पंकज श्रेष्ठ , प्रासलिन आईल्याण्डसागर थापा, लादिग आइल्याण्डअनिष तामाङ, फिलिसिती आइल्याण्ड मोहन मगर, फ्रिगेट आइल्याण्ड रोशन तथा सल्लाहकारमा कृष्ण बहादुर श्रेष्ठ, एकराज सुवेदी, गणेश खड्का, तारा प्रसाद पराजुली, दुर्गा बहादुर थापा , खोमलाल इटनी र हरी चेम्जोग्ङ चयन भएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित