एनआरएनए लक्जेम्बर्गको अध्यक्षमा खत्री, सम्पूर्ण कार्यसमिति निर्विरोध

लक्जेम्बर्ग । गैरआवासीय नेपाली संघ (एनआरएनए ) राष्ट्रिय समन्वय परिषद्  लक्जेम्बर्गको नेतृत्वमा पुनः हरि खत्री चयन भएका छन्। लक्जेमवर्गको हालै सम्पन्न छैटौं अधिवेशनद्वारा २०२१–०२३ कार्यकालको लागि खत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट बालकृष्ण सापकोटा आइसीसी सदस्यमा चुनिएका छन्। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विश्व थापा र सह–सचिवमा युद्धबहादुर थापा चयन भएका छन्। संघको कोषाध्यक्षमा नारायण प्रसाद दवाड़ी र सहकोषाध्यक्षमा बिष्णु खत्री चयन भएका छन् ।

अधिवेशनले झलक बहादुर महतलाई प्रवक्ता, नवज्योत निउेरलाई युवा संयोजक र दुर्गा केसी थापालाई महिला संयोजकको जिम्मेवारी दिएको छ। कार्य समिति सदस्यमा  हिमाल सापकोटा,कृष्ण बहादुर कार्की, याम थापा, कबिता अर्याल, राजु गौतम,रामेश्वरी कोईराला सल्लाकारमा नारायण गुरुङ, शान्ति सापकोटा रहेका छन् ।

गैरआवासीय नेपाली संघ लक्जेम्बर्गको छैटौं अधिवेशनमा प्रमुख अतिथिको उपमा बेनेलुक्सका उपप्रमुख सुधीर भट्टराईको उपस्थिति रहेको थियो । यसैगरी  बिविशेषअतिथिमा  लक्जेम्बर्गका नेपाली का. कन्सुलर,फ़ोनसुवा पुरुम र केन्द्रीय प्रतिनिधि पदम गुरुङको पनि सहभागीता थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित