एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा लामा र आइसीसी सदस्यमा गौतम निर्विरोध

गैरआवासीय नेपाली संघ स्वीट्जरल्याण्डको अध्यक्षमा समाजसेवी शुभ एल्मर लामा निर्विरोध निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा शुभ एल्मर लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन्।

यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा सीमा गौतमनिर्वाचित भएकी छन् । आईसीसी सदस्यमा गौतमको मात्रै उम्मेदवारी परेपछि उनि पनि निर्विरोध निर्वाचित भएकी हुन्। उनले एनसीसीको कोषाध्यक्ष तथा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेकी छन् ।

स्वीट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न गैरआवासीय नेपाली संघ स्वीट्जरल्याण्डको १३ औं वार्षिक साधारणसभा तथा सातौँ राष्ट्रिय अधिवेशनलाई स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराईले उद्घाटन गरेका थिए । महाधिवेशनबाट सन् २०२१-२०२३ को सम्पूर्ण कार्यसमिति नै निर्विरोध भएको छ।

जसअनुसार उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती,महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमितिनै निर्विरोध निर्वाचित भएको हो।

बाँकी केही पदहरूमा उम्मेद्वारी नपरेपछि पद रिक्त रहेको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित