एनआरएनए भाषा,साहित्य समितिद्वारा भानु जयन्ती मनाइंदै

गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितीले आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्मजयन्तीको अवसर पारेर ‘नेपाली भाषा साहित्यको विश्वव्यापीकरणको अवस्था र चुनौती’ विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

यहि जुलाई ११  तारिख आइतबार बेलुकी नेपाल समय ८ बजे  भर्चुअल माध्यमबाट हुने सो कार्यक्रममा वरिष्ठ समालोचक एवम्  साहित्यकार डा. गोबिन्दराज भट्टराईले मुख्य वक्ताको रुपमा आफ्ना धारणा राख्नेछन् ।

भट्टराईले नेपाली भाषा साहित्यको संसारका विभिन्न मुलुकहरूमा भइरहेको विस्तार र आएका चुनौतीका बारेमा प्रष्ट पार्नेछन् ।

त्यसैगरी क्यानडाका साहित्यकार डा. गोबिन्दसिंह रावत, म्यान्मारका साहित्यकार लक्षमण न्यौपाने र बेलायतका नियात्राकार कृष्ण बजगाईले यसमाथी आफ्ना धारणाहरु राख्नेछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त गोष्ठीमा नेपाल भित्र र प्रवासबाट साहित्यकारहरुको सहभागीता रहनेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित