गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितीले आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्मजयन्तीको अवसर पारेर ‘नेपाली भाषा साहित्यको विश्वव्यापीकरणको अवस्था र चुनौती’ विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
यहि जुलाई ११ तारिख आइतबार बेलुकी नेपाल समय ८ बजे भर्चुअल माध्यमबाट हुने सो कार्यक्रममा वरिष्ठ समालोचक एवम् साहित्यकार डा. गोबिन्दराज भट्टराईले मुख्य वक्ताको रुपमा आफ्ना धारणा राख्नेछन् ।
भट्टराईले नेपाली भाषा साहित्यको संसारका विभिन्न मुलुकहरूमा भइरहेको विस्तार र आएका चुनौतीका बारेमा प्रष्ट पार्नेछन् ।
त्यसैगरी क्यानडाका साहित्यकार डा. गोबिन्दसिंह रावत, म्यान्मारका साहित्यकार लक्षमण न्यौपाने र बेलायतका नियात्राकार कृष्ण बजगाईले यसमाथी आफ्ना धारणाहरु राख्नेछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त गोष्ठीमा नेपाल भित्र र प्रवासबाट साहित्यकारहरुको सहभागीता रहनेछ ।