एनआरएनएद्वारा निर्वाचन समिति गठन, संयोजकमा लिलामणि पौडेल

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि अधिवक्ता लिलामणि पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम प्रताप थापा, डा गणेश गुरुङ, (नेपाल) डा देवकाजी डंगोल (कतार), चिरञ्जीवी ढकाल (यूके), डा विष्णुमाया परियार (अमेरिका) र सदस्य सचिवमा भूषण घिमिरे (जापान) लाई खटाईएको संघका महासचिव डा हेम राज शर्माले जानकारी दिएका छन्।

जुलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिको निर्वाचन सम्पन्न भए पछि अन्तराष्ट्रिय परिषदको निर्वाचनको लागि तयारी सुरु गरिने शर्माले बताए । संघको महाधिवेशनको लागि अगष्ट १५ भित्र केन्द्रीय प्रतिनिधि चयन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

केन्द्रीय प्रतिनिधिको लागि ६५ प्रतिशत राष्ट्रिय परिषदका पुराना पदाधिकारी, २५ प्रतिशत एनसीसीबाट निर्वाचि र १० प्रतिशत अध्यक्षले मनोनित प्रतिनिधिहरु संघको महाधिवेशनमा भाग लिन पाउने छन् ।

महासचिव शर्माले अगष्ट महिनाको दोस्रो सातासम्म केन्द्रीय प्रतिनिधिको अन्तिम नामावली तयार हुने बताए । यसअघि संघको पदाधिकारी बैठकले अध्यक्ष कुमार पन्तलाई निर्वाचन समिति गठनको लागि अधिकार प्रदान गरेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित