पिटरबरो नेपाली समाजको नेतृत्वमा हरिहर भट्टराई

लन्डन । पिटरबरो नेपाली समाजले नयाँ नेतृत्वको लागि हरिहर भट्टराईलाई चयन गरेको छ । सोमबार सम्पन्न विशेष बैठकद्वारा भट्टराईलाई भावी कार्यकालको जिम्मेवारी सुम्पेको हो ।

बैठकमा समाजका गतिविधिकासाथै निवर्तमान कार्यसमितिद्वारा आयव्यय प्रस्तुत गरिएको थियो । निवर्तमान कार्यसमितिद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकमा राखिएका जिज्ञासालाई निवर्तमान अध्यक्ष शिव भण्डारीले प्रष्ट पारेका थिए । नेपाली राष्ट्रिय गानको धुनसंगै कार्यक्रमको थालनी गरिएको थियो ।

समाजका ट्रस्टीका कार्यबाहक संयोजक बाबुराम धितालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा समाजकै कार्यवाहक अध्यक्ष संगीता कोइरालाले स्वागत मन्तव्य दिएकी थिइन् ।

बैठकमा पूर्व अध्यक्ष लगायतका समाजका अग्रज व्यक्तिहरुकोसमेत उपस्थिति रहेको थियो भने बैठकको संचालन महासचिव कृष्ण लुइटेलले गरेका थिए ।

कोरोना महामारीलाई मध्यनजर गर्दै कार्यक्रमा बैठकमा सामाजिक दुरी लगायतका नियमको पालना गरिएको महासचिव लुइटेलले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित