एनआरएनए अध्यक्ष पन्तद्वारा बाढी पीडितलाई सहयोग गर्न अपिल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालै नेपालमा गएको बाढी पहिरोबाट प्रभावित पीडितहरुलाई सहयोग गर्न अपिल गरेको छ ।

अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालका विभिन्न भागका बाढी पहिरो पीडितहरूलाई सहयोग गर्न संघले अपिल गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पपूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा  भनिएको छ ‘अबिरल वर्षाको कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपाल भरी नै बाढी तथा पहिरो पीडितहरुको दुखले हामी मर्माहित भएका छौं । बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पपूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौं ।

हरेक वर्ष नेपालमा बाढी र पहिरोबाट हुने जनधनको क्षेती कम गर्न नेपाल सरकारलाई दिर्घकालिन रणनीति बनाउन पनि सुझाव दिदै पिडितहरुलाई उचित राहत तथा उद्धारको व्यवस्था गर्न समेत अनुरोध गर्दछौं । मातृभूमीमा रहेका दाजुभाई, दिदिबहिनी तथा आमाबुबाको दुखले हामीलाई पिरोलेको छ ।

यस दुखद घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नको लागि हार्दिक अपिल गर्दछु’ । मातृभूमी नेपालमा परेको हरेक संकटमा गैर आवासीय नेपाली संघले निरन्तर सहयोग पुर्याउदै आइरहेको छ । पछिल्लो समयमा कोरोना महामारीमा सहयोग पुर्याइरहेको एन आरएनए को ध्यान यसबेला बाढी पहिरो पीडित तर्फ मोडिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित