गमगढी , मुगु । एनआरएनए अफ्रिकाले कर्णालीको मुगु जिल्ला अस्पताललाई अक्सिजन सहयोग गरेको छ l नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत कर्णालीको हिमाली जिल्ला मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दश थान अक्सिजिन सिलिन्डर सहयोग गरेको हो ।
दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन । नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला अस्पतालका प्रमुख डा. कविर पौडेललाई १० थान सिलिन्डर एनआरएनए अफ्रिकाको तर्फबाट हस्तान्तरण गरेका छन् ।
सहयोग बुझ्दै अस्पताल प्रमुख डाक्टर कविर पौडेलले राज्यले दूरदराजका दुर्गम हिमाली जिल्लामा सेवा दिन नसकी रहेका बेला अफ्रिकामा भएका दाजु भाई , दिदी बहिनीले गरेको यो सहयोग साच्चै नै भगवान साक्षात आई सहयोग गरेको महशुस भइ रहेको बताए।
आगामी दिनमा पनि यस्तै दुर्गमका गरिब – दुखी जनतालाई सहयोग गर्न उनले एनआरएनएलाई अनुरोध घरेका छन् । एनआरएनए अफ्रिकाले खरिद गरि दिएको सिलिन्डरसहितको अक्सिजनलाई भैरहवा देखी नेपालगन्ज सम्म वेदप्रकाश तिमिल्सिना र नेपालगन्ज देखि मुगु सम्म छायानाथ बचत तथा ऋण सहकारी सस्थाले आफ्नै खर्चमा ढुवानी गरेका थिए ।
यस्तै अति दुर्गम हिमाली जिल्लामा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै , स्थानिय संयोजन गरिदिने नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्ल , अछाम पत्रकार महासंघका सस्थापक सभापती वेदप्रकाश तिमिल्सैना र सहयोग जुटाइदिने एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा , बोत्स्वाना अध्यक्ष पदम भण्डारी , कङ्गो अध्यक्ष अमृत क्षेत्री , मोजाम्बिक अध्यक्ष देवी पौडेल लगाएत एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समिती र सदस्यहरुलाई एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले हार्दिक आभार ब्यक्त गरेका छन ।