कर्णालीको ‘मुगु’ जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको सहयोग हस्तान्तरण

गमगढी , मुगु । एनआरएनए अफ्रिकाले कर्णालीको मुगु जिल्ला अस्पताललाई अक्सिजन सहयोग गरेको छ l  नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत कर्णालीको हिमाली जिल्ला मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दश थान अक्सिजिन सिलिन्डर सहयोग गरेको हो ।

दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन । नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला अस्पतालका प्रमुख डा. कविर पौडेललाई १० थान सिलिन्डर एनआरएनए अफ्रिकाको तर्फबाट हस्तान्तरण गरेका छन् ।

सहयोग बुझ्दै अस्पताल प्रमुख डाक्टर कविर पौडेलले राज्यले दूरदराजका दुर्गम हिमाली जिल्लामा सेवा दिन नसकी रहेका बेला अफ्रिकामा भएका दाजु भाई , दिदी बहिनीले गरेको यो सहयोग साच्चै नै भगवान साक्षात आई सहयोग गरेको महशुस भइ रहेको बताए।

आगामी दिनमा पनि यस्तै दुर्गमका गरिब – दुखी जनतालाई सहयोग गर्न उनले  एनआरएनएलाई अनुरोध घरेका छन् । एनआरएनए अफ्रिकाले खरिद गरि दिएको सिलिन्डरसहितको अक्सिजनलाई भैरहवा देखी नेपालगन्ज सम्म वेदप्रकाश तिमिल्सिना र नेपालगन्ज देखि मुगु सम्म छायानाथ बचत तथा ऋण सहकारी सस्थाले आफ्नै खर्चमा ढुवानी गरेका थिए ।

यस्तै अति दुर्गम हिमाली जिल्लामा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै , स्थानिय संयोजन गरिदिने  नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्ल , अछाम पत्रकार महासंघका सस्थापक सभापती वेदप्रकाश तिमिल्सैना र सहयोग जुटाइदिने एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा , बोत्स्वाना अध्यक्ष पदम भण्डारी , कङ्गो अध्यक्ष अमृत क्षेत्री , मोजाम्बिक अध्यक्ष देवी पौडेल लगाएत एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समिती र सदस्यहरुलाई एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले हार्दिक आभार ब्यक्त गरेका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित