नेपाली चलचित्र “तीन घुम्ती “को यूकेमा भएको रेड कार्पेट प्रिमियर एक झलक

 

11958135_887453351307776_5691120410497866926_o-1024x683लन्डन, पछिल्लो  समय बेलायतमा हरेक हप्ता कुनै न कुनै  नेपाली चलचित्र प्रदर्शन हुँदै आएको छ । यसै क्रममा  काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको चर्चित उपन्यास “तीन घुम्ती” मा आधारित चलचित्र बेलायत र नेपालमा एक साथ रेड कार्पेट प्रिमियर गरिएको छ । बेलायतको अल्डर्सटस्थित प्रिन्सेस हलमा सम्पन्न प्रिमियरमा मुख्य आकर्षण नेपालबाट आएका चलचित्रका निर्देशक बाबुराम ढकाल र नायक ध्रुव दत्त रहे ।चलचित्र हेर्नका लागि बेलायतका लागि नेपाली कार्यवाहक राजदुत महामहीम तेजबहादुर क्षेत्री प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । साथै पूर्व जलस्रोत मन्त्री वालदेव शर्मा, व्यवसायी तथा एन.आर.एन. युकेका पूर्व अध्यक्ष सुर्य गुरुङ, उपाध्यष्क्ष हिराधन राई, धर्मश्री राष्ट्रिय पुरस्कार विजेता सानु गुरुङ, तमु धिं यूकेका अध्यक्ष रामचन्द्रगुरुङ, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत करिव ३५० दर्शकको सहभागीता थियो । बेलायतमा दर्जन जति साहित्यिक संस्था छन् र साहित्यमा आधारित चलचित्र भएकोले वहाँहरुको उत्साहजनक सहभगीताको आशा थियो तर वहाँहरुको सहभागीता शून्य रह्यो चलचित्रका नायक ध्रुव दत्तले गुनासो गरे । दुलही, नाइन ओ क्लक हुँदै तीन घुम्तीसम्म आइपुग्दा पहिलोे पल्ट आफ्नो  चलचित्र वेलायतमा रेड कार्पेट प्रिमियर हुँदा निर्देशक ढकाल यसै दङ्ग देखिन्थे । साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पछि निकै उत्साहित पनि । पिताम्वरको भुमिकामा देखिएका नायक ध्रुव दत्त र इन्द्रमायाको भूमिकामा देखिएकी गरिमा पन्तको जीवन्त अभिनयको पनि रामै्र चर्चा भयो । त्यस्तै नेपालमा जय नेपाल हलमा भएको प्रिमियरमा प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव वmुमार नेपाल, काँग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत विशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो ।कर्मा प्रोडक्सनको व्यानरमा तयार भएको चलचित्रलाई पंकज जलान र गोपाल सुवेदी मिलेर निर्माण गरेका हुन् । पंचायतको परिवेशमा लेखिएको उपन्यासले नेवार परिवारकी एक युवतीले पार गरेका तीन घुम्तीको कथा पेश गर्छ । फिल्म वि.पि. स्मृति ट्रस्टसँगको सहकार्यमा बनेको हो ।

उक्त रेड कार्पेटको  झलक हेर्नलाई  तल क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक