एनआरएनएद्वारा ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार’ को घोषणा

गैरआवासीय नेपाली संङ्घको भाषा, साहित्य , संस्कृति तथा सम्पदा समितिले  दुई लाख रुपैयाँ  पुरस्कार राशी भएको अरनिको अन्तरराष्ट्रिय पुरस्कार’ को घोषणा गरेको छ । हरेक वर्ष  गैरआवासीय नेपाली लेखकहरुको नेपाली वाङमयमा प्रकाशित पुस्तक मध्य एक उत्कृष्ट पुस्तकलाई दिइने पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा ‘अरनिको पुरस्कार’  सो पुरस्कारको घोषणा गरिएको हो ।

नेपाली भाषा , साहित्य तथा संस्कृति अन्तरराष्ट्रिय पुरस्कार अक्षय कोष प्रवन्ध समितिको बैठकद्वारा उक्त पुरस्कारको घोषणा गरिएको हो । समितिले विक्रम सम्बत २०७७ सालभरि  प्रकाशित नेपाली वाङमय गैरआवासीय नेपाली लेखकका पुस्तकहरुको संकलन यहि जुलाई २०२१ सम्म गरि सक्ने निर्णय गरेको छ ।

त्यसका लागि अमेरिकाको बोस्टन , फ्रान्सको पेरिस र सङ्घको अन्तरास्ट्रिय सचिवालय काठमाडौंमध्य कुनै एक स्थानमा पुस्तक पठाउन सकिनेछ । दुई लाख रुपैयाको पुरस्कार राशी भएको पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिने छ ।

अक्षय कोष संचालन गर्न बनेको विनिमय २०७७ अनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पुर्व कोषाध्यक्ष तथा भाषा, साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा रहनेछन् ।

त्यस्तै सदस्यहरुमा नयनराज पाण्डे , निलम कार्की निहारिका , ददी सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त रहेका छन् । साथै सल्लाहकारहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती , एनआरएनए अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्ष जिवा लामिछाने रहेका छन् ।

समितिले पुरस्कार संचालनका लागि पचास लाखको अक्षय कोषको स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइ सकेको समितिका अर्थ संयोजक ईश्वरी भट्टले जानकारी दिएका छन । त्यसै गरि अर्को वर्षबाट प्रवासमा रहेर नेपाली भाषा , साहित्य , संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्त्वपुर्ण व्यक्तित्वलाई  समेत सम्मान र पुरुस्कृत गरिने सदस्य सचिव महेश्वर पन्तले बताए  ।

पन्तका  अनुसार प्रवन्ध समितिले मुल्यांकनका निम्ति बिशिस्ट साहित्यकारहरु रहेको छुट्टै समिती बनाउने र सेप्टेम्बर महिना सम्म पुरस्कार घोषणा गरिनेछ । कलाकार अरनिकोलाई पहिलो गैरआवासीय नेपालीको रुपमा समेत मानिएकोले पुरस्कारको नाम उनको र नेपाली कलाको सम्मानार्थ राखिएको हो पन्तले भने ।

पुरस्कारका लागि पुस्तक लेखक स्वयं , प्रकाशक , संघ सस्था वा लेखकका शुभेच्छुकहरुले निम्न लिखित तीन ठेगानामध्य कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ सम्म बिक्रम सम्बत २०७७ मा छापिएको पुस्तक पठाउनु पर्नेछ ।

(क ) Dadi Saokota 17 Rue Françis Perrin 91190 Gif-Sur-Yvette , France

(ख ) Maheshwor Pant 1646 Main St Walpole MA 02062

(ग ) गैरआवासीय नेपाली सङघ , अन्तर्राष्ट्रिय सचिवालय , सुवर्ण शमशेर मार्ग , बालुवाटार , काठमाडौं ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित