नेपालमा २४ घण्टाभित्र सात हजार २१९ कोरोनामुक्त


काठमाडौँ । गएको २४ घण्टामा नेपालमा  सात हजार २१९ जना कोरोनामुक्त भएका छन् । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।

यस अवधिमा देशभर पाँच हजार ३१६ जना कोरोना भाइरस संक्रमित  थपिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए ।

पिसिआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमूना पिसिआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । हाल संक्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै देशभर सक्रिय संक्रमितको संख्या  एक लाख एक हजार ९९३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आजमात्र एक हजार ४५६ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित