एनआरएनए अफ्रिकाद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताललाई सहयोग

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल पुगेको छ । अक्सिजनसहितको ७० लिटरका दश थान सिलिन्डर जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा बाहिनीका बाहिनी पति सहायक रथी यमबहादुर सापकोटाले हस्तान्तरण गरेका हुन् ।

कोरना महामारीका कारणले जुम्ला अस्पतालमा समेत अक्सिजन अभाव भए पछि अफ्रिकाका एनआरएनहरुले यो सहयोग पठाएका हुन । रुपारेलिया फाउन्डेसन युगान्डा, फ्रान्सबाट पत्रकार अनुराधा पौडेल , एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र युगान्डाका पुर्व अध्यक्ष रमेश कंडेल लगायतले सहयोग उपलब्ध गराएका हुन्।

सहयोगको संयोजन अफ्रिकाका एनआरएनएका सबै राष्ट्रिय समितिका लागि एनआरएनए  एनसीसी युगान्डा र स्थानीय व्यवस्थापनमा  सहयोग नेपाली सेना २४ नम्बर अड्डा बाहिनीले गरेको थियो । प्रथम चरणको उक्त सामग्री हस्तान्तरण गर्दै बाहिनी पति यामबहादुर सापकोटाले १० थान थप सिलिन्डर आउने क्रममा रहेको बताए ।

कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई सहयोग गरेकोमा अफ्रिकाका सबै नेपाली, एनआरएनए र रुपारेलिया फाउन्डेसनलाई  सापकोटाले आभार व्यक्त गरेका थिए । अस्पतालका निर्देशक डा . राजीव शाहले यी सिलिन्डरले कर्णालीका बिरामीलाई निकै राहत पुग्ने बताए । अब अस्पताल सङ्ग २१० सिलिन्डर हुने र एउटा सिलिन्डर जुम्ला आइपुग्दा ३० हजार रुपैयाँ पर्ने बताए ।

उनले अफ्रिकाका एनआरएनलाई धन्यवाद दिदै अस्पताललाई अझै थप सिलिन्डर र स्वास्थ्य उपकरणहरु आवश्यक रहेको बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित