बयलपाटा अस्पताललाई एनआरएन अफ्रिकाद्वारा अक्सिजन सहयोग

लन्डन ।  अछाम जिल्लाको बयालपाटा अस्पताल लाई एनआरएनए अफ्रिकाको  थप १० थान अक्सिजन सिलिन्डर ( सिलिन्डर खरिद सहित ) हस्तान्तरण गरेको छ ।

नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गतको यो अभियानमा संघ तथा दाताहरुको तर्फबाट स्थानीय समाजसेवी , जिल्ला विकास समिति अछामका पुर्व सभापति , नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान अक्सिजन सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई आज बुधबार हस्तान्तरण गरेका छन्  ।

यस अघि पनि उक्त अस्पताललाई १० थान र जिल्ला अस्पताल मङ्गलसेनलाई २० थान गरि अछाममा ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

संघको यो अभियानले तीन हप्ताभित्र देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ थान अक्सिजन सिलिन्डर (खरिद सहित ) , १०२५ रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हरु गरि ३५ लाख भन्दा बढीको सहयोग गरिसकिएको छ ।

संघको अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको  यो अभियानमा सहयोग पुर्याउने एनआरएनए अभियन्ताहरु , सामाजसेवी संघ , सस्था र अभियन्ताहरु , धनगढी स्थित ह्युमानिटी फाउन्डेसन , युगान्डाको रुपारेलिया फाउन्डेसन लगायत सम्पुर्ण सहयोगी शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरेको  छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित