एनआरएनए अफ्रिकाद्वारा पाल्पामा अक्सिजन सहयोग

एनआरएनए अफ्रिकाको सहयोगमा पाल्पा जिल्ला अस्पताललगायतका अन्य स्वास्थ्य केन्द्रमा ३५२ थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

२५६५ औं बुद्धजयन्तीको अवसर पारेर एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत एनआरएनए कङ्गोको संयोजन र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४ को व्यवस्थापनमा अक्सिजन वितरण गरिएको हो ।

पाल्पा जिल्ला अस्पताल, मिसन अस्पताल , एलएमसी , रामपुर नगरपालिका , निस्दी, पूर्व खोला , रम्भा , बगनास काली , तीनाउ , माथागढी , रिब्दीकोट र रैनादेवी पालिकाका स्वास्थ्य चौकी र आइसोलेसेन सेन्टरमा रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।संघ र लायन्स क्लबको तर्फबाट एरिया चिफ लायन सन्दिप कसौधनको सिलिन्डर हस्तान्तरण गरेका थिए भने आर्थिक संयोजन एनआएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरेका थिए ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानिय तहसम्म थोरै भए पनि तत्काल आवश्यक अक्सिजन उपलब्ध गराउन सकिएकोमा खुशी ब्यक्त गरेका थिए ।

सहयोग गर्ने लायन्स क्लब र सबै दाताहरुलाई थापाले आभार व्यक्त गरेका थिए । संघले आजै अछामका अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहित सहयोग पुर्याउने र जुम्ला अस्पतालका लागि भोलि सहयोग पठाइने पनि थापाले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित