एनआरएनए अफ्रिकाको सहयोगमा चितवनमा अक्सिजन सिलिन्डर हस्तान्तरण

रत्ननगर , चितवन । एनआरएनए अफ्रिकाको अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज दोश्रो चरणमा चितवनको रत्ननगर टाडी अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर ( सिलिन्डर खरिद सहित ) हस्तान्तरण गरिएको छ ।

रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीको उपस्थितिमा रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई एनआरएनए सेसेल्सकी उपाध्यक्ष अनिता थापाले उक्त सिलिन्डरहरु हस्तान्तरण गरेकी हुन् ।

समारोहमा अस्पतालका पूर्व अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठलगाएत स्थानिय समाजसेवी र अस्पताल कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त १५ थान सिलिन्डर खरिदका लागि एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछाने , सचिव गौरी जोशी र एनआरएनए सेसेल्सद्वारा संयुक्त रुपमा आर्थिक संकलन गरिएको हो ।

गतहप्ता पनि १० थान हस्तान्तरण गरिएको १० थानसहित कुल २५ थान अक्सिजन सहितका सिलिन्डर सहयोग रत्ननगर अस्पताललाई भएको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानको चितवन संयोजन सेसेल्स अध्यक्ष रामप्रसाद पन्तले गरि रहेका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित