नेपालको सहयोगको लागि बेलायतका नेपालीद्वारा  छ दिनमा  दुई करोड २० लाख संकलन

लन्डन । नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड-१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतवासी नेपालीहरुद्वारा एकसाता पनि नपुग्दै दुई करोड बीस लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ ।

गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उपनियोग प्रमुख श्रीमति रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरुको बृहत बैठक सम्पन्न भएको थियो ।

सो बैठकले ‘अक्सिजन पठाऔं – नेपालीको ज्यान बचाऔं’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको  थियो । प्रति अक्सिजन कन्सन्ट्रेटरको लागि करिब ७०० पाउण्डका दरले सहयोग रकम संकलन गरिएको हो ।

विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा समेत निरन्तर सहयोग संकलन भैरहेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । छैटौं दिनसम्ममा १९१ थान अक्सिजन कन्सन्ट्रेटरको लागि एक लाख ३३ हजार ७०० पाउण्ड अर्थात करिब दुई करोड बीस लाख रुपैयाँ बराबरको प्रतिवद्धता आइसकेको पनि भट्टराईले बताए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले मातृभूमिमा परेको संकटको बेला सक्दो सहयोग गर्न सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई अपिल गरेकी छन् ।

अभियानको छैटौं दिन पनि उत्साहजनक रुपमा सहोगहरु प्राप्त भैरहेको एनआरएनए  आइसीसी सदस्य रामशरण सिम्खडाले रातोपटीलाई बताए । बेलायतबाट कम्तिमा पनि दुई करोड ५० लाख बराबरको सहयोग हुने उनको आंकलन छ । ‘छोटो समयमा नै विभिन्न संघसंस्था र व्यक्तिगत पहलमा भएको यो  उत्साहजनक सहयोगबाट बेलायातवासी नेपालीको मातृभूमी प्रति कत्तिको मोह छ भन्ने स्पष्ट हुन्छ’ सिम्खडाले भने ।

करिब एक सय वटा संघसंस्था तथा दुई दर्जन बढी व्यक्तिहरुले प्रतिवद्धता व्यक्त गरिसकेका छन् भने यो क्रम अझै जारी छ । जीवन रक्षाको पहिलो प्राथमिकता नै अक्सिजन कन्सन्ट्रेटर भएको र नेपालमा अक्सिजनका कारण कैयौंको ज्यान गइरहेको हुँदा अक्सिजन कन्सन्ट्रेटर नै सहयोग गर्ने योजना अनुरुप काम अघि बढिरहेको हो ।

अबको केहि दिन भित्र नै कम्तिमा पनि १५० थान अक्सिजन कन्सन्ट्रेटर मसिन नेपालको  अति प्रभावित क्षेत्रमा पुर्याइने एनआरएनए यूकेले जानकारी दिएको छ ।

राजदूत लोकदर्शन रेग्मीको प्रत्यक्ष निगरानीमा प्रक्रियालाई तीव्रताका साथ अघि बढाइएको छ ।नेपाल सरकारले अख्तियारी गरेको एकद्वार प्रणाली मार्फत भन्सार तथा कर छुट लगायत निशुल्क ढुवानीको ब्यवस्था मिलाई न्यूनतम १५० थान  यहि मे २८ तारिख भित नेपाल पठाउने प्रकृयालाई तीव्रता दिइएको छ ।

नेपालमा परेको संकटमा विदेशमा बस्ने नेपालीको योगदान उल्लेखनीय रहँदै आएको छ । आफ्नो गाँस काटेर भएपनि मातृभूमिको पीडामा मलम लगाउन संसार भरिका नेपालीहरु एक भएर लागि परेका छन् । जसको लागि गैरआवासीय नेपाली संघले खेलेको भूमिका अत्यन्त सह्रानीय छ । विदेशमा अलपत्र परेका नेपालीको उद्धार देखि लिएर नेपालमा स्वास्थ्य सामग्री पुर्याउने काममा समेत एनआरएनए ले उत्तिकै भूमिका निर्वाह गर्दै आइरहेको छ ।

कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालको आन्तरिक स्रोत र साधन पर्याप्त नभएपछि विदेशी मुलुकले सहयोग कार्य शुरु गरेका छन् । बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डस्मा नेपाललाई कोभिडविरुद्ध सहयोगबारे बिहीबार दिउसो १२.४० देखि करिब ११ मिनेटसम्म वहस चलेको थियो ।

विगत दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटेनको हरेक द्धन्द्ध र संकटमा बहादुर नेपालीले लडेर आफ्नो ज्यानको आहुति दिएका स्मरण गर्दै नेपाल सरकारले २० लाख खोप उपलब्ध गराउन ब्रिटेनसंग गरेको आग्रहबारे लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले जिज्ञासा राखेका थिए ।

प्रतिउत्तरमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले ब्रिटेनले कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार डोज नेपालमा डेलिभरी भइसकेको सदनलाई जानकारी पनि गराएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित