नेपाललाई सहयोग गर्न बेलायती अभिनेत्री जोआना लम्लीलगायत सक्रिय

कोरोना महामारीको दोस्रो लहर खेपिरहेको नेपाललाई सहयोग गर्न बेलायतका चार दर्जन भन्दा बढी प्राज्ञिक व्यक्तित्वहरु लागि परेका छन् ।  बेलायती अभिनेत्री जोआना लम्लीसहित ५० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वले नेपालमा अक्सिजन लगायतका  अत्यावश्यक सामग्री उपलब्ध गराउन  बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक खुल्ला पत्र पठाएका छन् ।

यसरी पत्र पठाउनेहरुमा अभिनेत्री जोआना लम्ली, सर माइकल पालिन, सर क्रिस बोनिंगटन, ब्रिटिश जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियू पोलार्ड, निकोलस हवाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्याण्डी डगलस, पाँच जिवित भिसी विजेतामध्ये एक क्याप्टेन रामबहादुर लिम्बु लगायतको टोली रहेको छ ।

उनीहरुले ‘चेन्जडट ओआरजी’ अनलाइन पिटिसनमार्फत नेपाललाई तत्काल अत्यावश्यक सामग्री सहयोग गर्न ब्रिटिश सरकारलाई अपिल गरेको कोभिड एलाइन्स फर नेपाल यूकेले जनाएको छ ।  दुई सय वर्ष भन्दा लामो मैत्री सम्बन्ध रहेको ब्रिटेन नेपालबीचमा गोर्खालीको छुट्टै अस्तित्व रहेको छ । यस आपतकालीन अवसरमा नेपालीको पीडामा अघि सर्न गोर्खा वेलफेयर ट्रस्टका अध्यक्ष जनरल साम कोवनले आग्रह गरेका छन् ।

नेपालमा कोरोना संक्रमण दर विश्वमै उच्च रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । कोरोना संक्रमण र मृत्यु दरमा तीव्रता आएसँगै उपचारको अभावमा कयौंको ज्यान गैरहेको समाचार बाहिरिएको छ ।
आगामी जुलाई सम्ममा सक्रिय संक्रमितको संख्या ८ लाखसम्म पुग्ने नेपाल सरकारले आंकलन गरेको छ । पर्याप्त मात्रामा कोरोना विरुद्धको खोप उपलब्ध नहुँदा नेपालमा कुल जनसंख्याको ७ प्रतिशतले मात्र खोप लगाएका छन् । पछिल्लो समयमा निकै खतरनाक मानिएको ‘इन्डियन भेरिएन्ट’ ले भारतमा पुर्याएको प्रभावले नेपालमा समेत असर पुर्याएको छ ।

बेलायतमा पनि करिब दुई हजार तीन सय भन्दा बढी ‘इन्डियन भेरिएन्ट’ संक्रमित फेला परिसकेको र केहि व्यक्तिको मृत्यु समेत भएकाले भर्खरै खुल्दै गरेको लकडाउन र आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउनमुक्त हुने सरकारको रोडम्यापमा असर पुग्ने सरकारले बताएको छ ।

नेपालमा अक्सिजन लगायतका विभिन्न सामग्रीगरु उपलब्ध गराउने काममा विदेशमा बस्ने नेपालीहरुले उल्लेखनीय योगदान पुर्याउदै आएका छन्  । गैर आवासीय नेपाली संघको पहलमा विभिन्न मुलुकबाट सहयोग संकलन कार्य तीव्र रुपमा अघि बढेको छ ।

‘अक्सिजन पाठाऔं नेपालीको ज्यान बाचाऔं’ भन्ने अभियान अन्तर्गत बेलायतमा तीन दिन भित्रै एक करोड ७५ लाख रुपैयाँ अर्थात १५२ थान अक्सिजन कन्सन्ट्रेटर को लागि सहयोग प्रतिबद्धता भइसकेको छ । उक्त सहयोग सामाग्रीहरु केहि दिनभित्रै नेपाल पुर्याउने पहल भइरहेको एनआरएनए यूकेले जानकारी दिएको छ  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित