एनआरएनए मोजाम्बिकद्वारा दुई लाख रुपैयाँ बराबरको अक्सिजन सिलिन्डर सहयोग

रजहर , पुर्व नवलपरासी । गैर आवासीय नेपाली संघ  (एनआरएनए) अफ्रिकाका राष्ट्रिय समन्वय समिति मोजाम्बिकको अक्सिजन सहयोग अभियान अन्तर्गत  करिब दुई लाख बराबरको १० थान अक्सिजनसहितको  सिलिन्डर हस्तान्तरण गरेको छ ।

पूर्व नवलपरासीको देवचुली नगरपालिका वडा न १६ , रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड उपचार कक्षलाई सो सामग्री प्रदान गरिएको हो । एनआरएनए मोजाम्बिकका अध्यक्ष देवी पौडेलको संयोजनमा सम्पन्न उक्त कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भएको थियो ।

देवचुली नगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले सामुदायिक प्राकृतिक चिकित्सालय व्यवस्थापन  समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीलाई उक्त सिलिन्डरहरु हस्तान्तरण गरेका थिए  ।

कार्यक्रममा एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा र एनआरएनए मोजाम्बिक राष्ट्रिय समन्वय समितिका अध्यक्ष देवी पौडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले अफ्रिकाका एनआरएनहरुलाई गाउघर सम्झेर अप्ठ्यारो अवस्थामा सहयोग पुर्याएकोमा  हार्दिक धन्यवाद ज्ञापन गरेका थिए  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित