एनआरएनएद्वारा ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान शुरु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान सुरु गरेको छ । कोभिड १९ को दोश्रो लहरले मातृभूमी नेपाल आक्रान्त भए पछि अस्पतालमा अक्सिजन, आइसियू, बेड, र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा दिन प्रति दिन मृत्यु हुनेको सँख्या बढ्न थाले पछि संघले सो अभियान सुरु गरेको हो ।

संकटको घडीमा “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका साथ आर्थिक संकलन अभियान थालेको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए । संघले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पुर्व पदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुलाई सो अभियानमा सहयोगको लागि अनुरोध गरेको छ ।

संघले सुझाव संकलन गर्न मे १५ तारिख शनिबार नेपाल समय साँझ ६ बजे एक बैंठकको आयोजना गरिएको जनाएको छ । नेपालमा कोरोना भाइरसको दोश्रो लहर सुरु भए यता निम्नानुसार सहयोगको सुरुआत गरेको संघले जनाएको छ।

ओमानबाट ५५० अक्सिजन सिलिण्डर मे १५ तारिख नेपाल पुग्दैछ । सिलिण्डरको लागि लाग्ने करिब रु ७५ लाख मध्यपूर्वका गैरआवासीय नेपालीहरुले जुटाउने हुनु भएको छ भने ढुवानीको व्यवस्था नेपाल सरकारले गरेकोछ ।

चाईनबाट १७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पुग्दैछ । यसको लागि रु १ करोड ३७ लाख खर्च लाग्नेछ । जस मध्ये एनसीसी चाईनले ७० अक्सिजन कन्सन्ट्रेटरको सहयोग गर्नेछ । ढुवानी खर्चको लागि नेपाल सरकारसँग समन्वय हुदैछ ।

एनसीसी अष्ट्रेलियाले रु १ करोड बराबर र एनसीसी युएसएले कम्तिमा रु ६० लाख बराबर सहयोग जुटाउने अभियान शुरु गरेका छन् ।

अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुबाट रु १५ लाख बराबरको अक्सिजन सिलिण्डर नेपालको बिभिन्न अस्पतालमा वितरण गरिएकोछ ।

अन्य एनसीसीहरुबाट सहयोग संकलन अभियान शुरु गरेका छन् ।

अनलाईनबाट आम गैरआवासीय नेपालीहरुबाट सहयोग संकलन गरिनेछ ।नेपालका सातैं प्रदेशमा टेलिफोन हटलाईटनबाट कोभिडका बिरामीहरुलाई स्वास्थ्य सेवा शुरु गरिएकोछ ।

संघको स्वास्थ्य समिति र नेपाल मेडिकल एसोसिएसन मार्फत देश र विदेशमा रहका मेडिकल डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु बिच कोभिडसँग जुध्न सहकार्य गरिदैछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित