एनआरएनए अफ्रिकाद्वारा चितवनको रत्ननगर अस्पताललाई अक्सिजन हस्तान्तरण

गैरआवसिय नेपाली संघका अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियानमा बिहीबार चितवनको रत्ननगर अस्पताललाई रु २ लाख पचार हजारको १० थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण समारोहमा रत्नगर नगरपालिकाका मेयर नारायण बनलाई अक्सिजन सिलिन्डरहरु एनआरएनए सेसेल्सकी अनिता थापाले अफ्रिकाका गैरआवासिय नेपालीहरुका तर्फबाट हस्तान्तरण गरिकी थिइन ।

मेयर बनले अफ्रिकाका एनआरएनलाई यस बिषम अबस्थामा रत्नगरलाई सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए । रत्ननगर अस्पताल व्यवस्थापन  समितिका पुर्व अध्यक्ष देबेन्द्र श्रेष्ठलगाएत लगायत प्रबुद्ध व्यक्तित्वहरुको  उपस्थिति रहेको थियो ।

यो पूण्य कार्यको लागि अफ्रिकाका एनआरएनए राष्ट्रिय समितिहरुलाई धन्यवाद व्यक्त गर्दै एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछनेले थप अक्सिजन सिलेन्डर यस अभियान मार्फत रत्ननगर अस्पताललाई उपलब्ध गराउने भएका छन् ।

चितवनका लागि एनआरएनए अफ्रिकाको अक्सिजन आपूर्ति अभियानको संयोजन एनआरएनए सेसेल्सका अध्यक्ष रामप्रसाद पन्तले गर्दै छन् । एनआरएनए राष्ट्रिय समन्वय समिती सेसेल्स र घानाले यसको लागि आर्थिक सहयोगको समन्वय गरि रहेका छन ।

एनआरएनए अफ्रिका क्षेत्रका संयोजक रोशन थापाले अक्सिजन नपाएर आपन्तहरुको ठूलो संख्या देशभर मृत्यु वरण गरिरहेको यो दुखद घडीमा थोरै भए पनि अफ्रिकाबासी नेपालीहरुका तर्फबाट सहयोग गर्न चाहेको बताए ।

थापाका अनुसार आजभोलीमै कैलालीको टीकापुर , बाराको सिमरा लगायत पाल्पा गुल्मी , पुर्व नवलपरासी , स्याङ्जा, पर्सा र इलामलगाएतका जिल्लाहरुमा अक्सिजन आपूर्तिको सहयोग हुदैछ ।

हिजो मात्र पश्चिम नवलपरासीको परासी अस्पतालमा साठी थान सिलिन्डर अक्सिजन हस्तान्तरण गरि सकिएको छ । संघका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले मुलत अक्सिजन नपाएर प्रतेक दिन देशका विभिन्न अस्पताल हरुमा दुई सय भन्दा बढी नागरिकको ज्यान जानु बिडम्बना भएकोले संसारभरका एनआरएनले तत्काल आआफुले गर्न सक्ने अक्सिजन सिलिन्डर सहयोग अस्पतालहरुमा ढिलो नगरी पुर्याउन अनुरोध गरेका छन ।

अफ्रिकाका एनसीसीहरुको यो प्रशशनिय कार्यमा थप सहयोग गर्न सबै एनआरएनहरुलाई थापाले आह्वान समेत गरेका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित