लन्डन । नेपाल पत्रकार महासँघ यूके शाखाको बैठक विहीवार साँझ सम्पन्न भएको छ । साइवर माध्यमबाट शाखाका अध्यक्ष चिरन शर्माको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले शाखाको बार्षिक साधारणसभामा प्रस्तुत नियमावलीलाई सुझाव सहित अनुमोदन गरेको छ ।
बैठकले गैरआवासीय नेपाली सँघ यूके र पत्रकार महासँघ यूकेको सकृयतामा स्थापना भएको एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ को घोषणालाई स्वागत गर्दै गैरआवासीय नेपाली सँघ, निर्णायक मण्डल लगायत सम्बन्धीत सबैमा धन्यवाद प्रस्ताव पास गर्दे एनआरएन पुरस्कारबाट सम्मानित पत्रकारद्धय दिपा दाहाल र होम लम्साललाई बधाई दिएको छ ।
यस्तै बैठकले भूकम्प पीडित पत्रकारका लागि सँकलन भएको रकम नेपाल पत्रकार महासँघलाई हस्तान्तरण गर्ने अधिकार शाखाका अध्यक्ष चिरन शर्मालाई दिने निर्णय गरेको छ । बैठकले शाखाको तेस्रो अधिवेसनमा एक बुलेटिन समेत प्रकाशन गर्ने निर्णय गरेको छ । सो बुलेटिनका लागि अध्यक्ष शर्मालाई सँयोजक तोकिएको छ । सुन्नालो लागि तल क्लिक गर्नुहोला ।





