‘तिम्रो तृष्णा’ बाट गायिका पारुको पुनरागमन  

लन्डन । एक दशकअघि ‘प्याँस’ नामक गीति एल्बमबाट आफ्नो सांगीतिक यात्रा तय गरेकी  गायिका राईको ‘तिम्रो तृष्णा’ बोलको गीतबाट पुनरागमन भएको छ ।  उक्त गीतमा उनलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट बिकाश लिम्बुले साथ दिएका छन्  । गायिका स्वयंको शब्द सृजना रहेको सो गीतमा वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।

बेलायत र नेपालमा छायांकन गरिएको गीतको म्यूजिक भिडियोको  सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका छन् र नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन् । करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन्  ।

यसैगरी मेकअपमा  बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले भूमिका निर्वाह गरेका छन् । नेपाल नै संगीतको आधारभुत शिक्षा लिई सकेकी गायिका राई बिगत तीन वर्ष यता ‘दि लण्डन कलेज अफ म्युजिक’ अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् ।

आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसकेको उनले स्वीकारोक्ति छ । यद्धपि आफूलाई मन पर्ने पेशा भएको र ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको सहयोग र  प्रोत्साहनले पुन: यस क्षेत्रमा लाग्न प्रेरित गरेको राईले बताइन् ।

पाँचथर नेपालमा जन्मिएकी पारु  विगत ९ वर्षदेखि  सपरिवार बेलायतमा सैन्य जीवन बिताई रहेकी छन् ।

 ‘तिम्रो तृष्णा’ म्यूजिक भिडियो हेर्नुहोस् :

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित