एनआरएनए अफ्रिकाद्वारा नवलपरासीमा अक्सिजन ग्यास सहयोग

एनआरएनए अफ्रिकाद्वारा पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन ग्याँस सहयोग स्वरूप हस्तान्तरण गरिएको छ ।

मातृभूमी  अक्सिजिन आपूर्तिका सहयोग अभियान अन्तर्गत सोमबार पूर्व मन्त्री  देवेन्द्र कंडेलको विशेष पहलमा एनआरएनएका अफ़्रिकिन शाखाहरुको आर्थिक सहयोग,लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्रामको व्यवस्थापनमा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने योजना रहेको छ ।

सोहि योजना अनुरुप शुरुवातमा ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो  ।

समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवाल,जिल्ला समन्वय प्रमुख शिव शंकर राय,रामग्राम कार्यपालिका सद्स्य सुनिता श्रेष्ठ,समाजसेवी त्रिलोक श्रेष्ठ ,युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगयातको उपस्थिति रहेको थियो

सहयोग समन्वयमा भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, लायन्स कल्ब बुटवल स्टार एवं लायन्स 325B2 एरिया चिफ (संयोजक सन्दिप कसौधन), लियो क्लब रामग्राम शाखा (अध्यक्ष बिकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठ) , बुटवल क्षेत्रका पांच जिल्लामा एनआरएनए अफ्रिकाको एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले विशेष आभार व्यक्त गरेका थिए ।

बुटवल क्षेत्रका पुर्व नवलपरासी , पश्चिम नवलपरासी , पाल्पा , गुल्मी र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्दैछ । एनआरएनए कङ्गो , मोजाम्बिक , घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरि रहेका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित