एनआरएनएले ओमानबाट अक्सिजन सिलिण्डर नेपाल पठाउने

लण्डन । कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघको सकृयतामा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी गरेको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समितिसंगको सहकार्यमा संघले विमान चार्टर गरेर ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने भएको हो ।

यसअघि संघले २ करोड रुपैयाको अक्सिजन कन्सरट्रेसन नेपालमा पठाउने निर्णय गरेको थियो । नेपाली दूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका ६ सय वटा सिलिण्डर नेपाल पठाउन प्रकृया अगाडि बढिसकेको संघका सचिव आरके शर्माले जानकारी दिए ।

‘कोभिडको विषम परिस्थितिमा सिंगो मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने नाराका साथ एनआरएन मध्यपूर्वले अभियान थालेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘अहिले नेपालमा कोरोना संक्रमितले हस्पिटलमा बेंड नपाएर छटपटाई छटपटाई ज्यान गुमाउनु परेका हृदयविदारक अवस्था छ भने अक्सिजनका सिलिंडरको अभावले गर्दा बचाउन सकिनेको पनि ज्यान गइरहेको छ, आजको यो स्थितीमा हामी मध्यपूर्वबासी नेपालीले एक हप्ताभित्र अक्सिजनका सिलिंडर नेपाल पठाउन अभियान सुरु गरेका छौ’ संयोजक शर्माले बताए ।

मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, संघसंस्था तथा सहयोगी हातहरुबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिण्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रविन गुरुङले जानकारी दिए ।

‘हामीले एनआरएन आइसीसीको कार्यक्रम अन्तर्गत मध्यपूर्वबाट छुट्टै अभियान थालेका छौं, यो सहयोगले केही हदसम्म टेवा पुग्ने आशा राखेका छौं’ गुरुङले बताए । अहिले नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन सकेका छैनन् ।

ओमानमा सिलिण्डर खरिदका लागि प्रकृया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरिदिएको जानकारी एनआरएन प्रवत्ता तथा एनआरएन ओमानका संस्थापक अध्यक्ष डिबी क्षेत्रीले जानकारी दिए ।

एनआरएनएले कोरोना महामारीमा विभिन्न सहयोग कार्यक्रम ल्याइरहँदा एनआरएन मध्यपूर्वले तत्काल सिलिण्डर पठाउने अभियान थाल्दा अन्य क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने आवश्यकता छ ।

एनआरएन सल्लाहकार टिवी कार्की, मध्यपूर्व उपसंयोजकद्वय मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएन ओमानका अध्यक्ष बिकल झाले मध्यपूर्वमा रहेका आम नेपालीलाई नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित