एनआरएन यूके सदस्यमा बालकृष्ण दाहालको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ  यूकेको आगामी जुलाई ३१ मा हुने भनिएको निर्वाचनमा राष्ट्रिय समन्वय परिषद (एनसीसी) को सदस्य पदमा बालकृष्ण दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन । दुई  दशक देखी बेलायतको रेडिङ्गमा बस्दै आएका दाहाल काठमाण्डौ कागेस्वोरी मनहरा नगरपालिका वडा नं ८ निवासी हुन् ।

‘पेन्नी फोर नेपाल’ का संस्थापक सदस्य तथा बोर्ड मेम्बेर समेत रहेका दाहालले  आफ्नो संस्था मार्फत र व्यतिगत रुपमा नेपाल र नेपालीहरुको लागि सहयोग गर्दै आएका छन् । लामो समय देखि लगातार समाज सेवामा निश्वार्थ भावनाले काम गर्दै आएको कारण  छन् ।

उनको कामको समिक्षा  गर्दै अग्रज र इस्टमित्रको सल्लाह अनुसार उमेद्वारी  दिएको  दाहाल बताउछन् । आफ्नो इमान्दारिता, विवेक अनुभव, सीप, ज्ञान र, क्षमतालाई सदुपयोग गर्दै  अझै जिम्मेवारी बोध गर्ने उनको लक्ष्य छ । कोभिडको महामारीमा पनि उनले देश विदेशमा समस्यामा परेका नेपालीहरुलाई व्यक्तिगत एवंम्  संस्था मार्फत सहयोग गर्दै आएका छन्।

हालसालै नेपालमा ‘पेन्नी फोर नेपाल’ को सहयोगमा चितवनको चेपांग बस्तिमा बिद्यालयको निर्माण सम्पन्न भएको छ। नेपालमा बिनासकारी भूकम्प आउँदा वा बाडीपहिरो  लगायतका  अन्य प्राकृतिक प्रकोपमा  संस्थाको तर्फबाट  सहयोग गर्दै आएका छन् ।

दाहाल भन्छन्, यदि आफूले यो निर्वाचनमा जित हासिल गरे गैरआवासीय नेपाली संघमा आर्थिक पारदर्शी  गराउन आफ्नो कार्यसमितिमा पहल गर्ने र गैरआवासीय नेपाली संघको  हितमा काम गरेर संस्थालाई समृद्धि र विकाश उन्मुख गर्ने उनको उदेश्य भएको बताएका छन्।

उनले आफ्नो चुनावी  अजेण्डामा बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीलाई पनि समेटेर आफ्नो देशप्रति लगाव बढाउन र भावी दिनमा उनीहरुकै नेतृत्वमा संस्थालाई  निर्धक्क भएर हस्तान्तरण गर्न तयारी पनि गर्ने उल्लेख गरेका छन। यो अभियानमा साथ दिन सबै यूकेमा रहेका नेपालीलाई हार्दिक अनुरोध गर्दै आफूलाई आत्यधिक मतले विजय गराउन अपिल समेत गरका छन्।

बाल कृष्ण दाहाल

मनोनित एन.सी. सी. सदस्य

बर्कसायर, रेडिङ्ग, यु. के.

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित