एनआरएनएद्वारा नेपालमा ‘कोभिड हटलाइन’ शुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका विभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ।

कोभिड १९ को महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि देशैभरी हटलाइन सेवा संचालन गरिएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाकाले जानकारी दिए ।

नेपाल मेडिकल एशोसियन र डाफे किएरको सहकार्यमा संघले काठमाडौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज, धनगडी क्षेत्रमा मोवाईल हटलाइन सेवा सुरु गरेको हो। हटलाइन सेवाको लागि डा. शिव श्रेष्ठ, डा. प्रमोद जोशी, डा. रितेश थापा, डा. राम नरेश पण्डित, डा. बिपेश आचार्य, डा. प्रदीप मिश्र, डा. दिनेश श्रेष्ठ, डा. रइस पोखेल, डा. राजेन्द्र चौधरी, डा. राजन शर्मा लगायत करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपाल मेडिकल एशोसियनका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले संघसंगको सहकार्यमा सुरु भएको हटलाइन सेवाले कोभिड १९ का विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरे । हटलाइन शुरु भएको केही घण्टामानै दर्जनौ कल आउन थालेको उनले जानकारी दिए ।

कोभिड १९ सम्बन्धी समस्या परेका बिरामीले सिधैं ती चिकित्सकहरुको मोवाईल नम्बरमा वा ९८८००३५००० मा सम्पर्क राख्न सक्ने छन् । यसअघि संघले विदेशस्थित नेपालीहरुको सहयोगको लागि हेटलाइन सेवा सुरु गरेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित