सर्ट फिल्म ‘सहारा’ का कलाकार ध्रुब दत्त उत्कृष्ट अभिनेता

लन्डन । बेलायतमा बस्दै आएका अभिनेता ध्रुब दत्तले नेपालमा सम्पन्न ‘सर्ट फिल्म अवार्ड २०७७’ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसद्वारा बैशाख १४ गते आयोजना गरेको उक्त प्रतियोगितामा १९ सहभागी मध्येबाट बेलायतमा निर्मित सर्ट फिल्म ‘सहारा’ बाट दत्तले सो अवार्ड हात पारेका हुन् ।

प्रतियोगितामा ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताए ।

त्यस्तै अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता खनालले पहिलो पटक निर्देशन मै यो अवार्ड जितेका हुन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ ।

जसमध्ये त्यस्तै उत्कृष्ट सर्ट फिल्म कथाकारका रुपमा पुरु राईले अवार्ड हात पारे । बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउंदै आएका एक सक्रिय  कलाकारकोरुपमा परिचित दत्तले  तीन घुम्ती, आवेग, वीरताको चिनोलगायतका दर्जनौं ठूलो पर्दाका फिल्ममा अभिनय गरिसकेका  छन्।

आफ्नोअभिनयका कारण दर्शकको मन जित्न सफल दत्तले प्रवासमा रहेर  पनि निरन्तर नेपाली कलारितालाई योगदान पुर्याउंदै आएका छन् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित