एनआएएनए अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता समपन्न

लन्डन । गैरआवासिय नेपाली सङ्घको भाषा ,साहित्य , संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा गैरआवासीय नेपाली युवाहरु बिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता आज सम्पन्न भएको छ ।

जसमा बङ्गालदेशकी इभान्जलिना बलले प्रथम हुँदै एकहजार डलरको पुरस्कार हात पारेकी छिन । त्यसै गरि अभिनव गिरी , जापानले द्दितिय हुँदै पाच सय अमेरिकिन डलरको पुरस्कार जितेका छन भने पोर्चुगलकी मानस्वी खरालले तीन सय डलरको तृतीय पुरस्कार जितेका छन ।

त्यसै गरि अङ्ग्रेजी भाषाका कविता तर्फ उत्कृष्ट भइ अमेरिकाकि ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन । कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बिजेता कविहरुलाई बधाई दिदै दोश्रो पुस्ताका गैरआवासिय नेपालीहरुको पुस्ताले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रबर्द्धन गर्न बिशिष्ट भुमिका खेल्नु पर्ने र यसमा एनआरएनए र अनेसास लगाएतका सस्थाले अग्रणि भुमिका खेल्नु पर्नेमा जोड दिए भयो ।

उनले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्नेछ भन्नू भयो । कार्यक्रममा विशिष्ट अतिथी पुर्व कुलपती एबम मुल्यांकन समितिका प्रमुख बैरागी काइला , नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पुर्व कुलपती सरुभक्त , एनआरएनएका अध्यक्ष कुमार पन्त , पुर्व अध्यक्ष जिवा लामिछाने र भवन भट्ट , अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदी , अनेसास ट्र्ष्टी अध्यक्ष गीता खत्री , वरिष्ठ साहित्यकारहरु अशेष मल्ल , दिनेश अधिकारी , प्रकाश सायमी , प्रभा भट्टराई र डा. बिन्दु शर्माले आआफ्ना रचना वाचन र शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी अतिथी कविहरु रबिन शर्मा ( जापान ) , हिमान्शु निभा कुवर ( अमेरिका ) , तिर्थ सङ्गम राई ( कतार ), गणेश खडका ( अफ्रिका ) , इसिका अधिकारी ( युरोप ), केशव सिग्देल ( नेपाल ) , गोबर्द्दन पूजा ( अमेरिका ) र प्रविना बराल ( जापान ) ले अथिती कवीको रुपमा आ आफ्ना कविता वाचन गरेका थिए ।

आयोजकका तर्फबाट एनआरएनएका पुर्व कोषाध्यक्ष एब भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा , एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्बज्ञ वाग्लेले धन्यवाद व्यक्त गरे  ।

मुल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य बिभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत नामको घोषणा गरेका थिए  ।

साठीजना प्रतियोगी मध्यबाट अन्तिम चरणमा पुगेका कविहरु अभिनव गिरी , अंशु सुवाल , आगत खरेल , इभान्जलिना बल , गुन्जना न्यौपाने , गङ्गा फुयाल , मानस्वी खराल , समृद्धि नेपाल ,सरला बराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए ।

एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारस मणि पोखरेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित