एनआरएनएद्वारा भारतमा हटलाइन सेवा संचालन  

लण्डन । गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुलाई लक्षित गर्दै  हटलाईन (टेलिफोन) सेवा शुरु  गरेको छ । भारतमा तीव्र  रुपमा  कोरोना संक्रमण बढ्न थालेपछि संघले उक्त कदम चालेको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको शुरुवात गरिएको हो ।

कोरोना भाइरस सम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, वा इमेल मार्फत त्यहाँ रहेका चिकित्सकहरुसंग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ ।

हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने छन् ।

सो सेवा संचालन गर्नको लागि डा. अरुण पौडेल (नयाँ दिल्ली ), डा. अविरल निधी (नयाँ दिल्ली ), डा. सागर पौडेल (नयाँ दिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो ।

कोरोना भाइरसको संक्रमण कारण हाल सम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित