साउदीमा अलपत्र भुजेललाई एनआएएद्वारा परिवारसमक्ष जिम्मा

लन्डन । रोजगारीका सिलशिलामा साउदी पुगेका मोरङका बेदबहादुर भुजेललाई गैरआवासीय नेपाली संघले उद्धार  गरेको छ । सुखद भविष्यको कल्पना बोकेर साउदी पुगेका भुजेल बेरोजगारीका कारण गैरकानूनी रुपमा बसेर काम गर्न थाले ।

तर, उनी काम गर्दागर्दै दुर्घटनामा परेपछि स्थानीय एक अस्पतालमा भर्ना गरिए । झन्डै साँढे दुई महिनाको अस्पतालको बसाइमा तीन महिना जति उनी कोमामा नै रहेका थिए ।

उपचार खर्चबापत अस्पतालले दुई करोड ५० लाख ९८ हजार २३ रियालको बिल भुक्तानी गर्न असमर्थ भएपछि  साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनी विरुद्ध मुद्धा दायर गरेको थियो । उनीमाथि मुद्दा लागेपछि नेपाल फार्कानसमेत रोक लागेको थियो ।

विभिन्न माध्यमबाट नेपाली दूतावास पुगेपछि दुई वर्षदेखि दूतावासको सेल्टरमा बस्दै आएका भुजेलको मुद्धालाई फिर्ता गराउन दूतावास सफल भयो । मुद्धा फिर्ता भएपनि नेपाल फर्कन आर्थिक अभाव भएका कारण दूतावासले सहयोग गर्न गैर आवासीय नेपाली संघलाई  आग्रह गरेको थियो ।

संघको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदी देखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो ।

गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धार र पुर्नस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको छ ।

आर्थिक अवस्था कमजोर बनेका भुजेलले  विदेश जाँदा लिएको एक लाख रुपैयाँ ऋण अहिले तीन लाख ५० हजार भन्दा बढी पुगेको पीडा भएपनि परिवारसंग भेट्न पाएकोमा सन्तुष्ट छन् ।

साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।

उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हाल सम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७००० भन्दा बढी नेपाली श्रमिहरुलाई राहत तथा उद्दार सम्बन्धि सहयोग पुर्याएको बताए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित