गीतकार दीप गिरीको म्यूजिक भिडियो ‘मनखाने माया’ सार्वजनिक

लन्डन । बेलायतमा बस्दै आएका गीतकार दीप गिरीले अर्को एउटा नयाँ गित’ मनखाने माया’ बोलको गीतको म्यूजिक भिडीयो  युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ । नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’ले उक्त गीतमा संगीत भरेका छन्।

गीतमा संगीत संयोजन विश्व अधिकारीले गरेका छन् । गीतको म्यूजिक भिडियो गणेश शाहको निर्देशन र रोनीको कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा डिमोन क्षेत्री, रोनी, श्रृजना जिसी, स्मृति श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय छ ।

म्यूजिक भिडियोको निर्मात्री सविता गिरी छन् । दर्शक तथा स्रोताहरुलाई नाच्न उत्साहित गर्ने खालको म्यूजिक भिडियो बनेको गीतकार गिरीले बताए । वि सं. २०४९ सालमा संगीतकार राजु सिंहसंगै प्रतिबिम्व ब्याण्डमा जोडिएपछि उनले आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए ।
अहिलेसम्म उनको रचनामा कर्णदास, साधना सरगम, जोन, धनुषा सिंह, योजना पुरी, राज खम्बु लगायतका चर्चित गायक गायिकाले आवाज दिइसकेका छन् ।

संगीतकार हरि लम्सालको संगीत र बेलायतस्थित गायक सुजन पराजुली र गायिका दिब्यानी शर्माको स्वरमा गिरीकै रचनाको अर्को नयाँ गीत रेकर्ड भइसकेको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार गिरीले लेखेका आधा दर्जन गीतहरु यसअघि नै रिलिज भइसकेका छन् ।

गीतको म्यूजिक भिडियो हेर्नुहोस:

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित